सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अधिवक्ता शितल पाण्डेलाई पक्राउ नगरेको भन्दै तामाङ र मगर समुदायको प्रदर्शन, प्रहरीको लाट्ठीचार्जबाट केहि घाइते केहि पक्राउ

काठमाडौँ । विवादस्पद अभिव्यक्ती दिने अधिवक्ता शितल पाण्डेलाई पक्राउ नगरेको भन्दै टेकु प्रहरी परिसर घेराउ कार्यक्रममा पुगेका मगर र तामाङ समुदायका व्यक्तिहरुमाथी प्रहरीले दमन गरेको छ ।

अभियुक्त शितल पाण्डेलाई तत्काल पक्राउ गर्न माग गर्दै  शान्तिपूर्ण रुपमा प्रदर्शन गर्दै गर्दा प्रहरीले अश्रुग्यास र लाट्ठी चार्ज गरेको थियो ।

प्रहरीको लाट्ठीचार्जबाट ६० जना भन्दा बढी व्यक्तिहरु घाइते भएको विभेदकारी कानुन खारेजी अभियानमा संयोजक मूक्तान थेबाले बताए । उनका अनुसार युवा घेदुङका अध्यक्ष बिलाम मोक्तान, कवि तथा पत्रकार बच्चु हिमांशुसहित एक दर्जन भन्दा बढीलाई प्रहरीले पक्राउ गरेका छन । प्रक्राउ परेकाहरुलाई बिना सर्त तत्काल रिहा गर्न तामाङ र मगर समुदायका संघ संस्थाहरुले माग गरेका छन ।

टेकु क्षेत्र तनावग्रस्त अवस्थामा रहेको छ । आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएतापनी हालसम्म पक्राउ परेका छैनन । उनीमािथ जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ ।

प्राइम टेलिभिजको अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन्। साथै तामाङ,मगर र मुस्लिम समुदायमा दाजुबहिनीबिच विवाह हुन्छ भनेर अभिव्यक्ती दिएका थिए । उक्त अभिव्यक्तिले तामाङ, मगर र मुस्लिम समुदायमा गहिरो चोट पुगेको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »