नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौं २ गते हुन लागेको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले शुक्रबार मनोनयन दर्ता गरेका छन । साझा प्यानलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियारले बिहान ११ बजेर १५ मिनेटमा मनोनयन दर्ता गरेका हुन ।
त्यसपछि उक्त प्यानलका अन्य उम्मेदवारहरु उपाध्यक्ष पदका विश्णुप्रसाद श्रेष्ठ (वाणिज्य), मोहम्मद सफिक बेहना(उद्योग) र करिश्मा योगी(महिला), महासचिवका टंकप्रसाद शर्मा, उप-महासचिव पदका टेकबहादुर खड्का र कोषाध्यक्षका उम्मेदवार मख्खनबहादुर धामीले दर्ता गराएका छन ।
त्यसैगरी संघको सदस्य पदका उम्मेदवार सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, सन्तोषकुमार पौडेल, युवराज ढकाल, प्रमोदकुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता,बलबहादुर बिष्ट, एशोसियट सदस्य प्रदीपकुमार गुप्ता र पुरुषाेतम अग्रवाल लगायतले पनि दर्ता गराएका छन । यस्तै बस्तुगत(सम्बद्ध तर्फ) मा हिमनाथ पौडेल र विनय श्रेष्ठले पनि उम्मेदवारी दिएका छन ।