सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एशोसियट सम्वद्ध उद्योगी ब्यवसायीका समस्या सहजिकरण मुख्य काम : कमल कार्की


नेपालगञ्ज, नेपालगञ्ज उद्योग बाणिज्य संघको यहि भदौं २ गते हुने निर्वाचनमा एशोसियट सदस्य पदका उम्मेदवार कमल कार्कीले एशोसियद्ध आवद्ध उद्योगी ब्यवसायीहरुको हकहितका लागि अधिकतम पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।


कार्कीले पछिल्लो समय भयावह अवस्थामा रहेको बैंकिङ कसुर मुद्धादेखि भन्सार, प्रहरी प्रशासन र अन्य सरकारी तथा गैरसरकारी निकायमा सहजिकरणका लागि आफुले अधिकतम समय दिने बताउनुभयो । उद्योगी ब्यवसायीहरुको हकहितका लागि बाणिज्य संघमा उम्मेदवारी दिएको भन्दै उहाँले उद्योग बाणिज्य संघको गरिमा बढाउन आफु चुनावी मैदानमा उत्रिएको बताउनुभयो । कार्की निर्वाचनमा टंक धामी नेतृत्वको समावेशी प्यानलको तर्फबाट एशोसियट सदस्य पदको उम्मेदवारको रुपमा रहनुभएको छ ।
कार्की करिब डेढ दर्जन उद्योग प्रतिष्ठानको अध्यक्ष तथा प्रमुख नेतृत्वमा रहनुभएको छ । बागेश्वरी हिमपार्ईप एण्ड विद्युत पोल उद्योग प्रालि मार्फत ब्यवसायमा जोडिनुभएका कार्की सिद्धबाबा हार्डवेयर प्रालि, सिग्नेट, कन्स्ट्रक्सन प्रालि, शिव शंकर बालुवा एण्ड क्रसिंग इण्डष्ट्रिज, स्टार पोलीपाईप, बागेश्वरी स्टिल स्ट्रक्चर, जय हुमान आयल स्टोर्स, न्यू बागेश्वरी सप्लायर्स, सिद्धबाबा स्टिल इन्डष्ट्रिज, सिद्धबाबा प्लाष्टिक प्रालि, वेष्टर्न क्रसर प्रालि कैलाली, स्वर्गद्धारी हिमपाईप दांग, रामजानकी हिमपाईप जनकपुर, भागेश्वर हिमपाई बनेपा र बागेश्वरी हिमपाईप सुर्खेतको सञ्चालकको रुपमा रहनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »