सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवधी पत्रकार संघ नेपालको १५औ स्थापना दिवस पत्रकारहरुका लागि निःशुल्क आँखाजाँच गरिदै

नेपालगन्ज, अवधीभाषी पत्रकारहरुको छाता संगठनको रुपमा अवधी पत्रकार संघ नेपाल स्थापना भएको छ । संघको स्थापना भएको आज १५ वर्ष पुरा भएको छ ।
विगत १५ वर्षदेखि क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका विषयमा निरन्तर पेशागत रुपमा कामगर्दै आएको छ ।


संघको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाउने निर्णय भएको छ । संघले भोली भदौ २८ गते विहीबार फत्तेबाल आँखा अस्पतालमा सम्पुर्ण पत्रकारहरुको निशुल्क आँखाजाँच कार्यक्रम, भदौ ३० गते अवधी भाषी महिला पत्रकारहरुको अवस्थाको बारेमा छलफल तथा तीज पर्वको शुभकामना आदानप्रदान कार्यक्रम र पत्रकारहरुलाई प्राथमिक उपचार तथा जोखिम पत्रकारिता बारे एकदिने अभिमुखीकरण कार्यक्रम गरिने संघका अध्यक्ष राकेश कुमार मिश्रले बताउनुभयो ।
केन्द्रीय अध्यक्ष मिश्रका अनुसार संघले दिवसलाई यस वर्ष अलि फरक स्वास्थ्यसंग जोडिएको विषयलाई प्राथमिक तादिएको छ । दिवसको अवसरमा भोली विहीबार गरिने निःशुल्क आँखाजाँच कार्यक्रममा जिल्लाका सम्पुर्ण पत्रकारहरुलाई आँखाजाँच गराउन अनुरोध समेत गरेको छ । फत्तेबालआखा अस्पतालको सहयोगमा संघले आँखाजाँच कार्यक्रम गर्न लागेको छ ।
अहिले आँखापाक्ने रोगको संक्रमणकालाई ध्यानमा राख्दै आँखाजाँच कार्यक्रम गरिएको संघले जनाएको छ ।
कुनै पनि राजनितिक दलसंग आवद्ध नभई स्वतन्त्र र निश्पक्ष रुपमा अवधी भाषी पत्रकारहरुको विचार र आस्थाको छाता संगठनको रुपमा केन्द्रीय स्तरमा नेपालगन्जमा अवधी पत्रकार संघ नेपाल रहेको छ ।
यस संघको काठमाण्डौ, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके र बर्दिया जिल्लामा शाखा समेत स्थापना भएको छ, भने अन्य जिल्लाहरुमा पनि अवधी भाषी पत्रकारहरुको विकासमा संघ लागि परेको छ । नेपालमै अवधी भाषीहरुको बाहुल्यता रहेकाले संञ्चारको माध्यमबाट विकासमा सहयोग पुरयाउने उद्देश्यले संघ कामगर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »