सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरामा क्यान्सर अस्पतालमा एकबर्षमा २९ हजार विरामीको उपचार


नेपालगञ्ज, बाँकेको खजुरामा स्थापना भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारका लागि आउने विरामीको सङ्ख्या उल्लेख्यमात्रामा बढेको छ ।

अस्पतालमा लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट उपचारका लागि आउने क्यान्सरका विरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिनुभयो । अध्यक्ष मल्लले अध्यक्ष नियुक्त भएको एकबर्ष पुगेको अवसर पारेर बुधबार पत्रकार सम्मेलनमार्फत एकर्षको प्रगति सार्वजनिक गर्नुभएको छ ।

अध्यक्ष मल्लले भन्नुभयो, ‘ कर्णालीका जिल्लामा नजिकै सुविधासम्पन्न क्यान्सर अस्पताल छ भनेर प्रचारप्रसारदेखि गाउँमा क्यान्सरका विरामी पहिचानका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिरहेका छौं ।’

अस्पतालको तथ्याङ्क अनुसार आर्थिकबर्ष ०७८–७९ मा सामान्य विरामी सहित २५ हजार १८१ जना विरामीले अस्पतालबाट सेवा लिएकोमा गत आर्थिकबर्ष ०७९–८० मा २९ हजार २५५ जना विरामीले क्यान्सरको मात्रै उपचार सेवा प्राप्त गरेका छन् ।

खजुरा क्यान्सर अस्पतालमा पाठेघर, स्तन तथा थाईराईड सम्बन्धि क्यान्सरको उपचार हुने गरेको छ । अस्पताललाई विशिष्टकृत बनाउनका लागि आधुनिक प्रविधि भित्राउने कार्य समेत जारी रहेको अस्पताल विकास समितिले जनाएको छ । अस्पतालले उपचारसँगै सरसफाईलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

अस्पतालमा पोजेटिभ प्रयस आईसियु तथा रक्त क्यान्सरको विरामीका लागि अलग्गै हेम्टो–अन्कोलजी वार्ड र रक्त सञ्चार केन्द्र समेत सञ्चालनमा आईसकेको छ । लिनायक मेसिन कानुनी अड्न पुरा भई भन्सारबाट भित्राएर हाल जडानको क्रममा रहेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष मल्लले कर कोषबापत प्राप्त हुने रकम क्यान्सरका विरामीको उपचारका लागि क्यान्सर अस्पताललाई उपलब्ध गराएमा विरामीको उपचारका लागि थप सहयोग प्राप्त हुने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »