काठमाडौं । एमाले नेता महेश किराँतीले कोसी प्रदेश कमिटी उपसचिबमा उम्मेदवारी दिने भएका छन् ।
आजबाट सुरु एमालेको प्रदेश अधिबेशन अन्तर्गत नेतृत्व चयनका लागि हुने निर्बाचनमा किंरातीले उपसचिब पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
निबर्तमान कोशी प्रदेश कमिटीमा उनी सचिवालय सदस्य थिए । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका कमिटीबाट उनी अधिबेशनका लागि प्रतिनिधि चयन भएका थिए ।
लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्ने भन्दै एमालेले स्थानिय तह बाटै प्रतिनिधित्व गराएर प्रदेश अधिवेशन गरेको हो ।
सोलुखुम्बुका युवा नेता महेश किराँती एक खेलाडी पनि हुन् । ओपन इन्टरनेशनल स्ट्रेन्थलिफ्टिङ एण्ड इनलाइन बेन्च प्रेस २०२३ को च्याम्पियनसिप बनेका छन् ।
नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका किराँती आईतबार ललितपुरको सातदोबाटोमा सम्पन्न प्रतियोगितामा ९ देशका प्रतियोगिलाई पछि पार्दै च्याम्पियन बनेका हुन् ।