सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उमेस प्रसाद सिंहले शान्त पारे ठुलोबाबु श्रेष्ठको आक्रोश

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ठुलो बाबु श्रेष्ठको आक्रोस शान्त पार्न नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेस प्रसाद सिंहले सान्त्वना दिएका थिए ।
आज ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले आयोजना गरेको आउँदै गरेको नेपालीहरुको महान चाड बिजया दशमी,शुभदिपावली, नेपाल सम्बत् ११४४ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान, र बिदाई तथा सम्मान कार्यक्रम सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ ।
कार्यक्रममा बिशेष अतिथि हरु नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेस प्रसाद सिंह ,नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल,नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चाज,सामुदायीक सेवा केन्द्र बौद्धका उपाध्यक्ष महेन्द्र घोरासैनी,वातावरण वैज्ञानिक राम चरित्र शाह ,ग्रील ब्यवसायी संस्थाका संस्थापक अध्यक्ष मधु बहादुर कार्की राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष उमा श्रेष्ठ तथा महासचिव अमृत खाति, उपत्यका ट्राफिक प्रहरीका ट्राफिक प्रहरी निरिक्षक ज्ञान बहादुर माझी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ,प्रथम उपाध्यक्ष केदार अधिकारी, उपाध्यक्ष हरु पदाधिकारी र सदस्यहरु,महासंघ अन्तर्गत रहेका जिल्लाहरुका जिल्ला अध्यक्ष हरु ,पदाधिकारी तथा सदस्यहरु,क्षेत्र तथा इकाईका प्रतिनिधि पदाधिकारी तथा सदस्य हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका महासचिव बिबेकदास श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा महासंघको यहि बैसाक २१मा भएको २८औं साधारणसभा तथा ९औं महाधिवेशनबाट पदपुर्ति हुन बाँकी रहेको पद अन्तर्गत उपाध्यक्ष पदमा सुदन बिष्ट,सचिव पदमा सुवास तिरुवा,सदस्य पदमा टलक बहादुर श्रेष्ठ,बिवश थापा,बिन्द्र प्रसाद जैसी (बिशाल),कृष्ण प्रसाद भण्डारी लाई मनोनित गरि प्रमाणपत्र बितरण समेत गरिएको थियो ।
यहि कार्यक्रमबाट महासंघका निवर्तमान उपाध्यक्ष नारायण श्रेष्ठ,टिकेन्द्र(दिनेश) पौडेल, सहसचिव भोजराज खड्का, सदस्य भगिरथ लुईटेल,नुमाकान्त भुषाल,दिपक आचार्य,लाल बहादुर श्रेष्ठ,अर्जुन बोहोरा, पदम बहादुर श्रेष्ठलाई सम्मान पत्र सहित बिदाई गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य तथा आफ्ना धारणा राख्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले “ करिब ११ हजार ब्यबसायी आबद्ध यस संगठनमा १ लाख ६० हजार मजदुर ÷कर्मचारी कार्यरत छन् ,यस्तो संगठनलाई राज्यको एउटा साझेदारी अंगको रुपमा बिकास गर्नु आजको आवश्यकता हो ।
देशको असहज आर्थिक संकट, चरम जनशक्ति अभाव, उर्जा संकट, मुल्यमा एक रुपता नहुनु र सुरक्षाको अभाव लगायतका समस्याका कारण देशको सबै जसो व्यवसाय दिन प्रतिदिन धरासायी बन्दै गईरहेको छ ।
सरकारले व्यवस्थित गर्न सकेको खण्डमा यस व्यवसायको भविष्य उज्वल रहेको छ । अहिले पनि घरेलु उद्योगको रुपमा दर्ता गर्न झन्झटिलो रहेको छ । यसलाई सहजबनाउन सकेको खण्डमा रोजगारी सृजना हुनुको साथै राज्यलाई राजस्व पनि वृद्धि हुन्छ । जसले अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
स्थानीय, प्रदेश र केन्द्र सरकारले सहज नीति नियम बनाई लागुगरेको खण्डमा हामिलाई सरल सहज दुवै हुनेछ । त्यसको लागि हामी सहकार्यगर्न निरन्तर प्रतिबद्ध छौं । नयाँ प्रविधि ल्याउने र सोही किसिमको जनशक्ति विकास गर्ने हिसावलेहामी लागिरहेका छौं । अहिले भईरहेको जनशक्ति अभावलाई पूर्ती गर्न लागि परिरहेका छौं ।
हिजोका दिनमा फेब्रिकेटिब गरेका सामान आउँथ्यो अहिले हामी आफै गर्छौं । त्यसमा आयत गर्ने ८० प्रतिशत रोकेका छौं । हामीले प्रतिवर्ष अर्बौ भन्दा बढीको मेटल, फेब्रिकेटिब गरेर सेवादिईरहेका छौं । हिजोका दिनमा त्यो पैसा बाहिर जान्थ्यो, अहिले रोकिएको अवस्था छ ।हामी सवल अर्थतन्त्र चाहन्छौं । यो चाहना पूरा हुन मुलुकको अर्थतन्त्र बलियो हुन जरुरी छ । ग्रील तथा स्टील व्यसाय, निर्माण व्यवसाय भित्रको अत्यन्त महत्वपूर्ण अंगको रुपमा रहेको छ । त्यसैले फलाम जन्य वस्तुमा बारम्बार भईरहने मुल्य बृद्धि तथा व्यवसायीक लगानीको सुरक्षा, स्थानिय सरकार संगको समन्वय र मजदुरहरुको हकहितको लागि अनिवार्य रुपमा लाग्नुपर्नेछ ।
अन्तराष्ट्रिय स्तरमा भईरहेको आर्थिक तरलताले नेपालमा समेत प्रभाव पारेको हुँदा त्यसकै अनुपातमा नितिगत निर्णय गरि अगाडी बढ्नु आजको प्रमुख आवश्यकता हो ।
विश्वका ठुला ठुलादेश बिच हुने टकराबले नेपालमा पार्न सक्ने प्रभाव घटाउन हाम्रो व्यवसायीक संगठन मार्फत केगर्न सकिन्छ त्यसलाई मध्यनजर गर्दै योजना बनाउने कुरामा महासंघले आफ्नो भुमिका सशक्त बनाउन लागि पर्नेछ ।

बिशेष गरि देशको उर्जा तथा सिंचाईको क्षेत्रमा निर्माण कार्य हुँदा ठुलो मात्रामा फलामजन्य उत्पादनको प्रयोग भएको हुन्छ तर राज्यले ठुला ब्यवसायीक निर्माण कम्पनिहरुलाई टेन्डरमा भिडाएर कार्य गर्दा तिसौं बर्ष देखि यहि बिषयमा सेवा दिई रहेका ग्रील तथा स्टील ब्यवसायीहरु उपेक्षित भएको महसुस भएको छ ।

हाईड्रो पावर लगायतका संरचनाहरुमा प्रयोगहुने बिभिन्न समाग्रीहरु नेपालमै उत्पादन गर्न सकिने भए पनि ठुला निर्माण ब्यवसायीहरुले आफ्नो स्वार्थ पुरागर्न बिदेशबाट आयत गरि नेपालको श्रम शक्ति पलायनतालाई प्रोत्साहन दिइरहेकोले यसलाई रोक्न ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल सक्षम छ तर यसमा नेपाल सरकारले उचित पहल गरि नीतिगत ब्यवस्थापनमा सहयोग गर्नुपर्ने हुन्छ ।
राज्यको एक महत्वपुर्ण हिस्सा बनेर कामगर्न सक्षम तथा ठुलो श्रम बजारको प्रतिनिधित्व गर्ने हाम्रो संगठनलाई नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग होस् भन्ने माग गर्दै यो कार्यक्रम सफल बनाउन मन बचन र कर्मले लाग्नुहुने सबैलाई हार्दिक आभार ब्यक्त गर्दै आफ्नो मनतब्यको बिटमार्न चाहान्छु ।” भन्नु भयो ।
महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठको आक्रोशलाई सम्बोधन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेस प्रसाद सिंहले साँचै राज्यले ग्रील ब्यवसायीहरुलाई उपेक्षा गरेको महसुस भएको बताउनु भयो । यसका बिषयमा समेत आफुले सरकार समक्ष कुराकानी अगाडी बढाईरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै वातवरण विज्ञ राम चरित्र शाहले नेपालमा प्रयोग भईरहेका मेशिनरी सामाग्रीहरु अधिकांश वातवरणिय मापदण्ड बाहिर रहेको तथ्य सार्वजानिक भईसकेकोले हामि आफैं सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले ग्रील तथा स्टील ब्यवसायलाई ब्यवसायीक मापदण्ड भित्र राख्न महासंघले नेतृत्व लिन सके अझ ब्यवस्थित भएर अगाडी बढ्न सकिने बताउनु भयो । आफु मापदण्ड भित्र रहेर मात्र अधिकार खोज्न सकिने उहाँको तर्क थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »