सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको सिपाली माला काण्डको फाईल अदालत पुग्यो : फरार भनिएका समिपले अदालतमा आत्मसमर्पण गर्लान् त ??


काठमाडौं । यहि २०८० साउन ११ गते काभ्रेको सिपाली बाट बुद्धचित्त मालालिएर संगै आएका मान बहादुर तामाङको प्रतिनिधि सत्यम लिम्बु लाई भक्तपुर लोकन्थली चोकमा आएपछि बिभिन्न बहानामा गाडीबाट झर्न लगाएर अन्य ब्यक्तिहरु माला लिएर फरार भएको घटनाले नयाँ रुप लिएको छ ।
सो घटनालाई लिएर प्रहरीले आफ्नो अनुसन्धान रिपोर्ट सहितको अभियाृग पत्र आजै जिल्ला अदालत भक्तपुरमा बुभाएको श्रोतले जानकारी गराएको छ ।
मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४को दफा ३२ बमोजिम नेपाल प्रहरीले प्रतिवादी शेर बहादुर तामाङ र समिप त्रिपाठी बिरुद्ध आज जिल्ला अदालत भक्तपुरमा ठगी मुद्धा दायर गरेको बुझिएको छ ।
मुद्धामा जाहेरवाला ले आई सि एफ सि फाईनान्स बाटपठाएको रु ३० लाख ,अघिल्लो बर्षको हिसाब मिलाउन बाँकी रु.३३ लाख, माला खरीद गर्ने सम्झौता गरेर लगानि गरेका चाथि नारायण महर्जन बाट लिएको रु १ करोड ५० लाख गरि जम्मा रु २ करोड १३ लाख बिगो बराबरको रकम मुलुकी अपराध संहिता २०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरुबाट जाहेरवालालाई भराई दिन प्रहरीले जिल्ला अदालत भक्तपुरलाई अभियोग पत्र मार्फत अनुरोध समेत गरेको श्रोतको दावी छ ।
माला लिएर संगै आएका सत्यम् लिम्बुले आफुलाई अर्को गाडीमा बस्नु भनेर गाडीबाट झरे पछि दुवै गाडीले आफुलाई छोडेर भागेको बताएका थिए ।
त्यहाँ को को थियो र के के भएको हो भन्नेबारेमा आफुले प्रहरीलाई जानकारी गराईसकेको लिम्बुले बताएका थिए ।
प्रतिवादी मध्य शेर शहादुर तामाङ हिरासतमै रहेको र समिप त्रिपाठी भने फरारको सुचिमा रहेको प्रहरी स्रोतले बताएको छ ।
फरार सुचिमा रहेका समिप त्रिपाठी नेकपा(एकीकृत समाजवादी)को युवा संघको केन्द्रीय स्तरको नेता भएको कारण उपल्लो स्तरका नेताहरुकै राजनैतिक संरक्षणमा रहेको जाहेरवालाहरुको दावी छ ।
प्रहरीले भने फरार सुचिमा रहेका त्रिपाठीलाई खोजि गरिरहेको बताएको छ । त्रिपाठी सिधै अदालतमा उपस्थित भएर आत्मसमर्पण गर्न सक्ने सम्भावना पनि रहेको श्रोत बताउँछ ।

भर्खरै

सम्बन्धित खबर

Language »