सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ठाकुरद्धारामा बाँके युनेस्कोको समिक्षा कार्यक्रम सम्पन्न


नेपालगन्ज, बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजनाको ठाकुरद्धारामा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
सो समिक्षा कार्यक्रममा परियोजनाको प्रभाव स्तरको प्रगति, सिकाइ आदानप्रदान, असल अभ्यासबारे छलफल, दिगोपन रणनीति बारे विस्तृत रुपमा छलफल गरिएको थियो ।


कार्यक्रममा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाले आफ्नो उदेश्य प्राप्तीका लागि गरेका प्रयाससंगै त्यसको प्रभाव र चुनौतीहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।
परियोजना संयोजकले साझा गर्नु भएको जानकारी र परियोजनाका विविध पक्षहरुमा प्लान नेपाल इन्टरनेसनलका क्षेत्रीय प्रबन्धक मीना पराजुली, प्राविधिक सल्लाहकार प्रतिमा कुवर, सञ्चार प्रबन्धक निशा अधिकारी, मर्ल विशेषज्ञ दीपा सिंह, बित्तिय शाखाका रोसनी नेपाली र रमेश क्षेत्री, कार्यक्रम संयोजक गोमा ओली चौधरी लगायतले विभिन्न सुझाव सल्लाह दिनु भएको थियो ।
सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले परियोजनाले गर्दा बालविवाह रोक्न ठुलो सहयोग मिलेको जनाउँदै निकै प्रभावकारी कार्यान्वयन गरिएको बताउनुभयो ।


कार्यक्रममा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, बित्तिय तथा प्रशासन प्रमुख वेद प्रकाश शर्मा, कार्यक्रम संयोजक महेश नेपाली र बोर्डका सदस्यहरुको सहभागिता रहेको थियो ।
पर्ल परियोजना सञ्चालन गर्दा उत्कृष्ट तरिकाले कार्य गरेको भन्दै प्लान नेपालले बाँके युनेस्को क्लबलाई प्रशंसा पत्र पनि प्रदान गरेको थियो । प्लान नेपाल इन्टरनेसनलका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले क्लबका प्रमुख संरक्षक सिद्दिकीलाई सो प्रशंसा पत्र प्रदान गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »