सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरामा स्कुल बस पल्टिदा एकको मृत्यु ८ घाइते


खजुरा , बाँकेको खजुरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुको साथै ८ जना घाइते भएका छन् । बसमा ४० जना सवार रहेका थिए ।
खजुरामा रहेको दीपक बोर्डिङ स्कुलको स्कुल बस दुर्घटना हुँदा सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत ११ वर्षिय विद्यार्थी जितु नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


जिल्ला प्रहरी बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार खजुरामा रहेको विद्यालयबाट विद्यार्थी पुराउन सिमलघारी तर्फ जाँदै गर्दा ना ४ ख ६५१ नम्बरको बस करिव साव ३ बजेतिर पुलबाट तल खसेको थियो ।
विद्यालय बन्द भएपछि विद्यार्थी पु¥याउन खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको बस खजुरा–५ जेठान नाला नजिकै दुर्घना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका विद्यार्थीको उद्दार गरि खजुराको सुशील कोइराला क्यान्सर अस्पताल पुराए लगत्तै घाइते जीतुको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको सोही अस्पतालमा उपचार भई रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »