सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालमा भूकम्पका ११ घाइतेको शल्यक्रिया


नेपालगन्ज , भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया गरिएको छ । भूकम्पका कारण घर भत्केर उनीहरुको हात, खुट्टा, टाउको लगायत शरिरका विभिन्न भागमा चोट लागेको थियो । भूकम्पमा परेका जाजरकोट र रुकुम(पश्चिम) का घाइतेलाई शनिबारबाट नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउन सुरु गरिएको हो ।


अहिलेसम्म घाइते ११ जनाको शल्यक्रिया गरिएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । अस्पतालमा अहिलेसम्म ५७ जना घाइते उपचारका लागि आइसकेका छन् । ति मध्ये एक जना घाइतेको भेरी अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको थियो । अस्पतालमा भर्ना भएका मध्ये ३ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको श्रेष्ठले बताए ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले भूकम्पका घाइतेको शल्यक्रिया लगायत उपचारमा कुनै कमी हुन नदिएको बताए । शल्यक्रिया गरिएका घाइते निको हुने क्रममा रहेको उनले सुनाए ।
अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रकाश थापाले घाइतेको शल्यक्रिया क्रमिक रुपले भइरहेको बताए । शल्यक्रिया गर्नुपर्ने प्रकृतीका बिरामीको अहिलेसम्म गरिसकेको उनले जनाए । शल्यक्रियामा डा. थापासहित अर्का वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. तिर्थेन्द्र खड्का लगायतको टिम खटिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »