सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल मुस्लीम समाज बिकास चेतना केन्द्रले गरे आयोजनामा तिन दिने नेतृत्व बिकास तालिम


नेपालगन्ज,अनौपचारीक क्षेत्रमा कार्यरत मजदुर महिलाहरु लाइ नेतृत्वमा ल्याउन नेतृत्व बिकास सम्बन्धी तालिम दिइएको छ । नेपाल मुस्लीम समाज बिकास चेतना केन्द्रको आयोजनामा तिन दिने नेतृत्व बिकास तालिम दिइएको हो ।
अनौपचारीक क्षेत्रमा कार्यरत महिलाले भोग्नु परेको बिभेद शोषणका बिरुद्ध आवाज उठाउन हौसला प्रदान गर्न तालिमको आयोजना गरीएको अधिकार्मी रुबी खानले बताइन् ।


आइतबार देखी सुरु भएको तालिममा महिला हिसां अन्त्यका लागि सक्षम महिला अभियान कार्यक्रम अन्र्तगत डुडुवा जानकी खजुरा गाउपालीकाका ३० जना महिलाको सहभागिता रहेको थियो ।
तालिममा कानुन ब्यवसायी बिश्वजीत तिवारी अधिकारकर्मी सल्मान फारुकी ,मानवअधिकारकर्मी ,महोम्मद शेर वागवान लगायतले प्रशिक्षण दिएका थिए ।
तालिममा क्षमता अभिबृद्धि गर्नुका साथै ११ सदस्यीय जिल्ला स्तरीय श्रमीक महिला संजाल गठन गरीएको थियो ।
यस्तै महिला अधिकार मन्चको जिल्ला सम्मेलन सम्पन्न गरीएको छ । मनकुमारी गुर्तालको अध्यक्षतामा २५ सदस्यीय समिती चयन गरीएको । महिला अधिकार मन्चको सचिवालय संस्था नेपाल मुस्लीम समाज बिकास चेतना केन्द्रको अध्यक्ष रुबि खांनले जानकारी दिएकी छन ।

भर्खरै

सम्बन्धित खबर

Language »