सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको डुडुवा बगरखेतीसंगै उखु खेतीमा तरकारीसंगै उखु खेती गर्न अध्ययन


नेपालगन्ज , बाँकेको डुडुवा गाउँपालिकाको राप्ती नदि छेउकाे भगडामा बगरखेतीसंगै उखु खेती गर्न पनि उपयुक्त भएको एक सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेकाे छ ।


बगरखेती अध्ययन अनुसन्धान गर्न आएको टोलीले उखु खेतीका लागि उपयुक्त स्थानका निम्ति छनोट गरेको हाे । प्रदेश कृषि मन्त्री भण्डारीलाल यादवकाे निर्देशन पछि बगर खेतीकाे सम्भावनाका बारेमा मन्त्रालयका अधिकृत घनश्याम चाैधरी,कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद सहितकाे टोलीले स्थलगत अनुगमन गरेकाे थियाे । लुम्बिनी प्रदेशका माननीय कृषि तथा भुमि ब्यवस्था मन्त्रीका स्वकीय सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »