सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साक्षरता र विद्वत्ता : भ्रम र यथार्थ

सुनील पाैडेल

साक्षरता ( स +अक्षर) सामान्य लेखपढ पर्ने सीप वा क्षमता हाे भने विद्वत्ता ज्ञानमा पारङ्गत हुनु हाे । तर हामीले याे कुरा बुझ्नुपर्छ कि अक्षर चिन्नु मात्रै साक्षर हुनु हाेइन । सामान्य लेखपढ सीप मात्रैलाई साक्षरता ठान्नु उतिसाह्राे मनासिब हाेइन ।

साक्षरता अनेक तरहकाे हुने गर्छ ; विषयगत रुपमा राजनीतिक, सामाजिक, कुटनीतिक, प्रशासनिक, कानुनी , नैतिक, पेशागत , सञ्चार , मिडिया , प्राविधिक , स्वास्थ्य , खेल , आदि अनेक साक्षरता हुन्छ । आवश्यकताका आधारमा एकै व्यक्ति पनि अनेक तरहले साक्षर हुनुपर्छ ।

अक्षर चिन्ने साक्षरता प्रतिशत ठिकै रहेकाे र बढ्दै आइरहेकाे हाम्राे देशमा अन्य साक्षरता प्रतिशत भने अझैसम्म पनि धेरै कम छ । तर हामी नेपालीहरु आफूमा न्यून साक्षरता रहेकाे कुरा स्वीकार्न तैयार छैनाैं । सामान्य लेखपढ गर्न जान्ने भएपछि आफू सबै कुरा बुझ्न सक्छु भन्ने साेच हामीमा छ जुन भ्रम मात्रै हाे । निपुणता र साक्षरता फरक कुरा हाे भन्ने पनि हामीले बुझ्न जरुरी छ ।

चाहे जुनसुकै हाेस् , विषयवस्तुकाे गहिराइसम्म पुग्नका लागि त उक्त विषयमा विज्ञता नै चाहिन्छ । तर कुनै पनि विषयलाई सतही रुपमा मात्रै बुझ्नका लागि पनि उक्त विषयमा कम्तिमा साक्षर त हुनैपर्छ । साक्षारता नभएका कुरामा विचार र व्यवहार गर्दा मानिसहरु जानी नजानी धेरै मूर्ख बनिरहेका हुन्छन् । राजनीतिक चेतना र याेगदान पटक्कै नभएकाहरु राजनीतिमा एक्कासी उदाउनु, बालिका बलात्कार जस्ताे जघन्य अपराध आराेपमा जेल परेकाहरु छुट्दा खादामालाले विजेतालाई झैं स्वागत हुनु , कपाेल्कपित कुरामा आधारित अफवाह र झुटा खबरले सही सुचना जसरी जनविश्वास पाउनु र सामाजिक सञ्जालहरुमा अध्यधिक साझा गरिनु , इत्यादि आम जनमानसमा साक्षारताकाे कमी हुनुका दरिला उदाहरण हुन् ।

ओैपचारिक शिक्षा र व्यवहारिक ज्ञान पनि फरक – फरक कुरा हुन् । ओैपचारिक शिक्षाले हामीलाई सतही साक्षरतासम्म त देला तर कुराेकाे चुराे जान्न , त्याे कुराबारे गफ हाँक्न र विज्ञता छाँट्न हामीलाई त्यस विषयकाे ओैपचारिक र गहिराे व्यवहारिक दुबै ज्ञान चाहिन्छ । जबसम्म हामी शिक्षा र ज्ञानकाे भेद बुझिसक्न भ्याउँदैनाैं वा सक्तैनाैं तबसम्म विभिन्न डिग्रीका खाेस्टाहरु दराज, ट्याङ्का र सिरानीमा थन्क्याएर , भित्तामा विश्वविद्यालयका दिक्षान्त समाराेहमा दिक्षीत भएका फाेटा झुन्ड्याएर पनि हामी मुर्ख नै बनिरहेका छाैं \ हुन्छाैं ।

हाम्राे समाजमा विद्वान् कहलिएका काेही मानिसहरु आफ्नाे विषय विज्ञता एकातिर छ , एर्का विषयमा पनि निकै गहिरा गहिरा कुरा गर्न खाेजिरहेका हुन्छन् जुन विद्वान् हुँ भनेर चिनिने ढाेंग शिवाय केही पनि हाेइन । व्यवहारिक रुपमा आफूले कहिल्यै भेउ नपाएकाे कुरामा पनि साह्रै जान्ने र सिपालु पल्टन खाेज्नु हाम्रा कथित विद्वानहरुमा रहेकाे समस्या हाे ।

अर्काथरि मानिसहरु सामान्य लेखपढ गर्न जान्ने र आम सञ्चारमाध्यमहरूमा आउने खबर र विचारहरु पढ्ने, सुन्ने र हेर्ने अनि त्यसैका आधारमा विचार बनाएर आफू निकै बुज्रुक भएकाे ठान्ने र त्यसै अनुसार गफ हाँक्नेहरु छन् ।

यी दुबै किसिमका मानिसहरु वास्तवमा आफू भ्रममा हुन्छन् र यिनीहरुले समाजमा पनि भ्रम नै छर्ने हुन् । त्यसैले साक्षरता र विद्वतताकाे भ्रममा बाँचेका यी र यस्ता मानिसहरु सामाजिक समस्या हुन् । सामाजिक चेतना विकास र सचेत नागरिक समाज निर्माणका लागि यिनीहरु बाधक हुन् ।

यस प्रवृत्तिले गर्दा समाजलाई हानी त भइरहेकै छ ; यस्ता मानिसहरु स्वयमले पनि आफ्नाे निर्दाेषिता गुमाइरहेका छन् । कुरा थाहै नपाउनु, जान्दै नजान्नु र बुझ्दै नबुझ्नु निर्दाेषिता हाे । नजानेर पनि जान्ने पल्टनुले मानिसहरुकाे निर्दाेषिता गुम्दै गइरहेकाे छ । मानिसकाे निर्दाेषिता गुम्ने याे समस्या समस्त विश्व समाजमै एक आम समस्याका रुपमा देखापरेकाे छ ।

यस समस्याकाे पहिचान र निदान समयमै गर्न सकिएन भने समाज झन् झन् दिग्भ्रमित हुँदै जाने र यसले सिर्जना गर्ने थप विकराल समस्यासँग जुध्नै नसकिने अवस्था नआउला भन्न सकिँदैन ।

( ‘कथित विद्वान र विद्वत्ताबारेका भ्रम’ बारे केही लेख्नुपर्ने ठानेर सुरु गरेकाे लेखकाे एक अंश यहाँ साझा गरेकाे छु । यसबारे थप अध्ययन र अनुसन्धान सहित यसलाई पूर्णता दिएपछि फेरि शेयर गर्नेछु । धन्यवाद । )

सामाजिक रुपान्तरणको अभियानमा अत्यन्तै महत्वपुर्ण यो सामाग्री
सुनील पौडेलको सामाजिक संजाल फेसबुक बाट साभार गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »