सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुल्मीमा चितुवा मृत भेटियो

काठमाडौं । गुल्मी जिल्लाको इस्मा गाउँपालिका( २ पालुखास्थित जंगलमा मृत अवस्थामा चितुवा फेला परेको छ ।

जंगलमा चितुवा मृत फेला परेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए। मृत अवस्थामा फेला परेको चितुवालाई डिभिजन वन कार्यालय गुल्मीलाई जिम्मा लगाइएको वडाअध्यक्ष लोकनाथ आचार्यले बताए ।

चितुवाको मुखमा चोट लागेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय गुल्मका सहायक वन अधिकृत पंकजकुमार ठाकुरले बताए ।
दुईवटा चितुवा एक आपसमा लडने क्रममा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उनले बताए ।

चितुवालाई अन्य कुनै पासो थाप्नेलगायतका क्रियाकलाप नभेटिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »