सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रबिन्स मोक्तानको नयाँ “ल्होछार गीत” बजारमा

काठमाडौं । नायक तथा गायक प्रबिन्स मोक्तानको नयाँ “ल्होछार गीत” बजारमा आएको छ ।
लामो समयदेखी तामाङ चलचित्र क्षेत्र तथा गीत संगीतमा आफ्नो बर्चस्व जमाउन सफल गायक तथा नायक प्रबिन्स मोक्तान को ल्होछार गित आज सार्वजनिक भएको हो ।
गितमा सुमधुर आवाजकी धनि चर्चित गायिका जितु लोप्चनले प्रबिन्स लाई आवाजमा साथी दिएकी छिन् ।
प्रबिन्स मोक्तान र जितु लोप्चनको आवाजमा सजिएको ल्होछार गीतको शब्द कुमार स्याङ्बो, सङ्गीत प्रबिन्स मोक्तान र मिक्सिङ दिपेश प्रधानको रहेको छ ।
ल्हासो म्युजिक स्टुडियोमा रेकर्ड गरेको गित निकै उत्कृष्ट बनेको तथा जति पनि बजारमा ल्याएको गीतहरु भन्दा फरक बनेको गायक प्रबिन्स मोक्तानको दावी छ ।
यो ल्होछार गीतले आफ्नो भाषा संस्कृतिलाई जगेर्ना गर्नु पर्छ, भन्ने दर्शाउन खोजेको छ ।
तामाङ गीतहरुलाई बिर्सिदै गएकोमा दुखेसो पोख्दै गायक प्रबिन्स मोक्तान भन्नुहुन्छ “पछिल्लो समयमा फरक खालको गीतहरुमा नाच्ने रम्नेमात्र गरिएको छ, मेरो कुरा के हो भने ,नाच्नु रम्नु पर्छ तर आफ्नो सस्कृति, मौलिकतालाई बिर्सनु हुन्न ।” ल्होछार गीत प्रबिन्स मोक्तानले आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गर्नु भएको छ ।
तामाङ संस्कृति र मौलिकतालाई माया गर्ने सबैलाई एकपटक यो गीत सुन्नुहुन गायक प्रबिन्स मोक्तानले मिडिया मार्फत अनुरोध समेत गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »