सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुन्दर खनालको अभिनय रहेको म्युजिक भिडियो “कोदोको रोटी” सार्वजानिक (भिडियो सहित)

काठमाडौं । पछिल्लोसमय गीत संगीत क्षेत्रबाट आफ्नो करिअर बनाउन निकै मेहेनत गरिरहेका उदायीमान गायक तथा मोडल सुन्दर खनालको अभिनय रहेको म्युजिक भिडियो “कोदोको रोटी” सार्वजानिक भएको छ ।
सुन्दर खनाल अफिसियल युट्युब च्यानल बाट यो म्युजिक भिडियो सार्वजानिक गरिएको
प्रेम पुजारी र राजु परियारको शब्द,पुर्णप्रसाद सेनको संगीत,पुर्ण संयोगको एरेन्ज,कुमार रानाको मिक्सिङ,सुमन रानाको रेकर्डिङ रहेको यो गीत मारुनी डिजिटल स्टुडीयोमा रेकर्ड गरिएको हो भने यसमा स्वर देवी घर्ती र दुर्गाप्रसाद सेनको रहेको छ ।
सुशिल डाँगीको सिनेमाटोग्राफी,निराजन के.सी.को सम्पादन तथा रोजिना श्रेष्ठको श्रृंगारमा बनेको यो गितको म्युजिक भिडियोमा सुन्दर खनाल,सम्झना रम्तेल र आर तामाङको मुख्य अभिनय रहेको छ ।
नेपालको अर्गानिक खानेकुराकोरुपमा लिईने कोदोको रोटी र गोलभेडाको अचारलाई प्रमोशन गर्दै त्यसमा माया प्रितीको कुराकानी जोडेर गितले फरक ढंगबाट आम दर्शक श्रोतालाई मनोरन्जन दिन खोजेको देखिन्छ ।
निकै संघर्ष गर्दै यो क्षेत्रमा आफ्नो भविश्य बनाउन आएका सुन्दर खनालले आफ्नै अफिसियल च्यानल मार्फत यो लगायत अन्य गीतहरु पनि बजारमा ल्याएका छन् ।
भिडियो हेर्नुस्

भर्खरै

सम्बन्धित खबर

Language »