सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शसस्त्र प्रहरीको सेटिङ्गमा खडैचा नाकाबाट अबैध तस्करी, शसस्त्र प्रहरी प्रमुखद्वारा स्थानीयलाई कुटपिट


नेपालगन्ज ,बाँके डुडुवा गाउँपलिका खडैचा नाकाबाट शसस्त्र प्रहरीको सेटिङ्गमा अबैध तस्करी बढेको पाइएको छ । उक्त नाकाबाट दैनिक सैयौ जनाले ठुला परिमाणमा अबैध सामाग्रीहरु भारतबाट ल्याउने गरेपनि भन्सार नतिरी प्रहरीको सहयोगमा सामान भित्रयाउने कार्य बढेको प्रत्यक्षदर्शी बताउछन ।
प्रहरीको सेटिङ्गमा ल्याइएको सामानलाई प्रहरीले खासै चेकजाँच नगरेपनि आफ्नो घरायसी प्रयोजनका लागि ५ सय एक हजारसम्मको सामानलाई चेकजाँच गरी अनावश्यक दुख दिने गरिएको स्थानीयले बताएका छन ।


बाँके डुडुवा गाउँपालिका वार्ड नंं–२ कोलहीका स्थानीय भिमसेन बर्मा र गुल्टु बर्माले विस्कुट, नमकिनलगायत घरयासी प्रयोजनका लागि ल्याएको करिब रु सात सय बराबरको सामान शनिबार शसस्त्र प्रहरी ९विओपी० खडैचाका प्रहरी निरिक्षक ओम ढकालले सामान खोसेर राखेको र पछि खबर गरेर सामान लिन आउनु भनि बोलएको तर सामान नदिई उनी दुबैजनालाई सामान्य कुटपिट गरि अभद्र व्यवहार गर्नुभएको छ ।
गरिब परिवारलाई सामान्य सामानहरु ल्याउन नदिने र नियन्त्रमा लिइएको सामानलाई भन्सार कार्यालय पठाउनुका सट्टा उल्टै हामीलाई कुटपिट गरि गाली गलौज गर्नु भनेको मानव अधिकारको समेत हनन भएको पीडित बर्माले बताएका छन ।
अबैध सामानलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाउनुका साटो मानिसलाई गालीगलौज गरि धम्काउनु कहाँको कानून हो भनेर पिडित बर्माले दुखेसो पोख्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले सामान ल्याए, मेरो सामानलाई बरु भन्सार गराउनुपरयो, तर प्रहरीले मलाई कुटपिट, गाली गर्न मिल्छ ।’ उहाँले प्रश्न गनुभयो, मेरो अगाडी कतिले खुलेआम सामानहरु लग्ने गरेको तर उनीहरुलाई केही नभन्ने तर मेरो सामान पनि खोसेर अभद्र व्यवहार गरेको बताउनुभयो । उहाँले कानूनअनुसारको भन्सार तिराउनु पर्नेमा अभद्र व्यवहार गरेको घटनाबारे छानविन गरि दोषीलाई कारवाहीका लागि सम्वन्धित सरोकारवाला निकायसंग माग गर्नुभएको छ ।
यस विषयमा शसस्त्र प्रहरी निरिक्षक ढकाललाई बुझ्दा उक्त घटना केही पनि नभएको भन्दै बरु शुक्रबारको हकमा जानकी बजारबाट यहाँका नेपालीले त्यहाबाट ल्याउने तरकारीलगायतका सामान ल्याउन दिएको प्रतिक्रिया दिनुभयो ।
बाँकेका विभिन्न सिमा नाकामा छोटी भन्सारको अभावमा अबैध तस्करी बढने गरेको छ । प्रहरीलाई मिलाएर दैनिक जसो खेलेआम सामानहरुको तस्करी बढदै गएको स्थानीयले बताएका छन । यस विषयमा सरोकारवाला निकायको ध्यान अझै नगएको प्रति स्थानीय अगुवा चिन्तित बनेका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »