शम्भु उप्रेती
समाजसेवी तथा पुर्व वरिष्ठ उपरिक्षक
सशस्त्र प्रहरी बल नेपाल
सदाझै फगत नेपाली खानाको परीकार हरुको स्वाद लिने, गफीने रमाईलो गर्ने भीत्री चाहाना लिएर हामी प्रेम दाजुको आजको अतिथीहरु ( भनिदो रहेछ जो कोही नेपाली बाल्टीमोर अबतरण गरी वाहालाई सम्पर्क मात्र गर्छ ) नेपाल हाउसको अतिथी बन्न नेपाली परीकार संगै लिन, दुख सुख भाबी योजना हरुमा भलाकुसारी गर्न आमन्त्रित हुने प्रचलन बनेको अबस्था रहेछ ।
जब कान्छा धर्मु भाई सहित गन्तव्यमा पुगियो भब्य डाउनटाउनको अग्ला अमेरीकी शैलीका भबनहरुसंगै ठडीएको नेपाल हाउस नामक भबनको बाहीरी आकर्षण, कलात्मक बुट्टे झ्याल,ढोका, अतिथि सत्कारको प्रतिबिम्ब नेपाली पहीरन सहीतको परम्परागत गुन्यू चोलीमा सजीएकी चेली नमस्ते मुद्रामा अंकित जीबन्त आर्ट नजरमा पर्दा ह्वात्तै ख़ुशीको उन्मादले वाक भईदो रहेछ । एउटा सेल्फ़ी लिएर अझै भीत्र के कस्तो होला भन्ने उत्सुकताले उचाई छुएको पत्तो भएन ।बाहीर बाटै नजर टक्क ठोकिन्छ – शीसा भीत्र सजाईएको बैदीक देबी देबताहरुको भक्तपुरे ढलोट, पाटनको परम्परागत कास,पितलको आकर्षक मूर्ति हरुले मानौ जीबन्त स्वागतम गरिरहेको थिए।पूर्वीय धर्म संस्कार र संस्कृति को प्रतिक ईश्वरिय शक्ति हरु प्रति नतमस्तक भएर स्रद्धाले शिर निहुरेको पत्तो भएन । हामी ( चित्रमा देखीनेहरु ) आपसमा मुखामुख मात्र गर्यौ। मनले सायद यही भन्दै थियो, यो होटल हो कि नेपाली संग्रहालय ?
नेपाल हाउसका संचालक / सोचकर्ता आदरणीय प्रेम राजा महत दाजुको सदाबहार मुस्कान भरीएको अनुहारबाट स्वागतमका शब्द हरु सहीतको अंकमाल मा बेरीदै गर्दा समेत चाल नपाए जस्तै नजर हरु एकाएक भीत्ता भरी जीबन्त नेपाली कला संस्कृति र बेजोड़ ऐतिहासिक धरोहर हरु तिर एकाएक दौडिरहेछन । नेपाली यी सेतै टल्किएका हीम सृखलाहरु, बिशेष वाल चित्र आर्ट गैलरी फ़ोटोग्राफ़ी हरु लगायत कला संस्कृति हरुले बिश्वका सामु आफ्नो बास्तबिक प्रकृति प्रदत्त औक़ात र हैसियतको खास परीचय दिईरहेका भान हुन्थ्यो । हल भरी बिभीन्न देशका ग्राहकहरु नेपाली परीकारहरुको मजा लिई रहेका देखिन्थे । वयटरहरु नेपाली पोशाक ढाका टोपी र नेपाली पहीरनमा सहजै नेपाल चिनाई रहेका थिए ।मानौ एउटै हल भरी भीत्ता भरी नेपालको गौरब बडाउने आर्ट, कला, पहीरन, हीमाल, बुद्ध, काठमाडौ हनुमान ढोका परीसर, धरहरा लगायत अनूल्य सम्पदा हरु पाटन भक्तपुरका, चितवन पोखरा बिश्व ह्रेरीटेजमा आबद्ध कालजयी कला हरु, संसारको अग्लो सगरमाथा लगायत हीम सृखला हरु लहरै ठडीएको थिए । बिश्वमा नेपालको ख़ासियत चिनारी र गौरब बडाउने सम्पन्नताको दम्भ बोकेर अनी देश को यो हद सम्मको दुराबस्था ? यो देशमा राजनैतिक उच्च पदस्थ नेतृत्व हरुको बेईमानी र अकर्मण्यताको खील्ली उडाएको भान जो कोही लाई हुदोहो ।।
याहा नेपालको गौरब बडाउने ऐतिहासिक धरोहर रुपी सम्पदा हरु के मात्र छैन होला भन्ने भान हुन्थ्यो । एक प्रकारको सिंगो नेपालको संग्राहलमा आफु रहेका महशुस नहुने कुरा हुदैन यदी सच्चा नेपाली मन मुटु बोकेको मानिस हो भने । बिदेशी हरु नेपाल घुम्ने बाचा गरेर फेरी साथीहरु संग यस ठाउमा आउने बाँचा गरेर ती याबत सम्पदा हरु को फोटो उतार्न ब्यस्त दैनिकी बनेको अबस्था रहेछ ।
हामि प्रेम राजा महत जी लाई नामुद लोकपृय कलाकारको रुपमा बुझेको हरु लाई भ्रम सृजना भयो वाहा त नेपाल र नेपाली हरुको आस्था र गौरबको प्रतिक र साच्चै नेपालको महामहीम अबैतानिक राजदूतको भूमिकामा आफ्नो नाफा घाटा केही नभनि फगत नेपाल आमाको प्यारे पुत्र हुनुको परीचय दिदै पो हुदो रहेछ । हजारौ बिदेशी पाउनाहरु लाई नेपाल घुम्न प्रेरित गर्ने र नेपाल बाट अमेरिका आउने जो कोही आगन्तुक हरुको साथ सहयोगमा अबीरल दुई दशक भन्दा बडी समय देखी अबीरल अनवरत जुटीरहने सदाबहार त्यागी परोपकारी कर्मशील मानव पो हुनुहुदो रहेछ ।सायद बिदेसी भूमिलाई कर्म क्षेत्र बनाउने सबैलाई वाहाको नेपाली कला गला र गौरब बडाउने अतुलनीय योगदान उत्तीकै निःस्वार्थ माया,सद्धभाव र ख़ुशी दिने मनकारी मानिस हुनुको परीचय पनी बुझ्न बुझाउन गाहारो छैन ।
“दिन पुगोस खान पुगोस” सदै नेपाली भएर बाच्न पिडामा रहेका हरु लाई बचाउने महामन्त्र धारणा गरेर आफु सदाबहार सकारात्मक ख़ुशी र जीबन प्रति गौरब गर्दै बाच्ने चाहाना र औक़ात भएको नेपाल पुत्र पो होरहेछ ।
कम्सेकम मेरो मन भीत्र गुम्सीएका सद्धभाब रुपी अनुभुति यीनै शब्द रुपी माला अर्पण गर्दै आफ्नो ख़ुशी र गौरबको अनुभूती एक मनकारी नेपाली अर्को कर्मशील मनकारी मानिस को प्रसंशक बन्नु, अझ कर्मशील पथमा टिकीरहन हौसला बडाउने सत्कर्म का काम लाई शेयर गर्नु नैतिक ज़िम्मेदारी पुरा गरे ।
नेपाल भीत्र रहेर स्वघोसित रास्ट्रबादी हरु जो बिना पेशा ब्यबसाय फगत राजनिती लाई पेशा बनाई दल हरुको मतियार बनेर पौरखी पर्बासी नेपाली हरुलाई भ्रम सृजना र देश लाई लुट्नेहरु प्रति घृणा र खेद ब्यक्त गर्दै संसार भरी छरीएर रहेका नेपाल आमाको संन्तान हरु जो कर्मशिल पौरखी हरु सबैमा सम्मान र हौसला बडाउने काम गरौ । धन्यवाद !
जय नेपाल ! जय अमेरिका
लेखक
शम्भु उप्रेती
समाजसेवी तथा पुर्व वरिष्ठ उपरिक्षक
सशस्त्र प्रहरी बल नेपाल