सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा भब्य रुपमा मनाईयो ‘सिङ् डुक ल्हो’ ल्होसार


नेपालगञ्ज, २१५१ औं सिह फो डुगलो लोसारला टासी देलक अर्थात ग्याल्वो ल्होसार नेपालगञ्जमा सोमबार मनाइएको छ ।
क्यालेन्डर अनुसार माघ २७ गते मनाईने ल्होसार अन्य समुदायको पनि सोही दिन नेपालगञ्ज स्थित गुम्बामा मनाइएको कारणले मनाइएको नेपाल शेर्पा संघ बाँकेले जनाएको छ ।


कार्यसमिति अध्यक्ष प्याम्बा श्री लामा शेर्पाका अनुसार ल्होसार २७ गते नै भएपनि तामाङ समुदायको पनि ल्होसार पर्न गएको र स्थान पनि एउटै परेकोले आफुहरु आज ल्होसार मनाएको बताए ।

उनले भने, ‘औसीको भोलीपल्ट देखि पुर्णिमा सम्म कार्यक्रम चलिरह्ने परम्परा रहेको छ । यसलाई १५ दिन सम्म मनाउने चलन छ ।’ ल्होसारको माध्यमले पनि संस्कृति तथा परम्परालाई जर्गेना गर्ने गरेको उनले बताए । आजको दिन संस्कृति झल्किने पोशाक लगाउने तथा खानपान गरेर ल्होसार मनाउने गरिन्छ ।
उनले नाईल खबरसंग भने, ‘शेर्पाले पनि बख्खु लगाउने र शेर्पीनले पनि बख्खु लगाउने पहिला तिब्बतबाटै परम्परा चलिआएको छ । किनभने तिब्बतमा त्यहाँको मौसम चिसो भएको हुनले बाक्लो बख्खु र अङगी लगाउने चलन त्यहीबाट चलेर अएको हो ।’ पुस्तादेखि चलिआएको परम्परालाई निरन्तर रह्ने नेपाल शेर्पा संघ बाँकेका सल्लाहकार नुरी शेर्पाले बताए ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मुख्य काठमाडौँ तथा देशविदेशमा विविध कार्यक्रमको आयोजना गरेर यस पर्वलाई उत्साहका साथ मनाईदैँआएका छौँ ।’ उनले थप भने, ‘एक दिन कार्यक्रम गरेपनि विधिवत रुपमा १ गते देखि पन्ध्र दिन पुर्णिमा सम्म पूजाआज गरेर एकअर्काको घर बोलाएर पाहुना खाने परम्परा रहीआएको छ ।’ ल्होसार नयाँ वर्षको रुपमा मनाईदैँ आएको कार्यसमिति सल्लाहकार लाक्पा शेर्पाले जानकारी गराईन ।

उनले भनिन्, ‘ल्होसार भनेको आदीवासी जनजाती जसमा शेर्पा समुदाय पनि पर्छ । ल्होसारमा हामीले विभिन्न प्रकारका खाने कुरा पकाएर लामा तथा धर्मगूरु मार्फत पूजाआज गर्ने र ध्वजा चढाउने गरेका छौं ।

’ ‘प्रत्येक वर्ष हामीले चार जनालाई व्यवस्थापनको जिम्मेवारी दिएको हुन्छ । अन्त्यमा हामी यसै कार्यक्रममा अर्को वर्षको लागि फेरी चार जनालाई जिम्मेवारी दिनेगरेका छौं ।’

भर्खरै

सम्बन्धित खबर

Language »