नेपालगन्ज, नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले लुम्बिनी प्रदेशमा संगठन बिभागको जिम्मेवारी तोकेको छ । आज विशेष सर्कुलर जारी गर्दै सचिव सन्तोष ओलीले विभिन्न निर्णय सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय युवा संघले लुम्बिनी प्रदेशका लागि इन्चार्ज र सह इन्चार्ज तोकेको छ । लुम्बिनी प्रदेशको संगठन बिभागको प्रमुखमा रवि शंकर बर्मालाई तोकिएको छ ।विभिन्न विभाग र आयोगमा प्रमुख उपप्रमुख र सचिव नियुक्त गरिएको छ ।