सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजस्वको छापा दरबारमार्गको क्यासिनो प्यालेसमा

काठमाडौं । दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

विभागले बिहीबार छापा मारेर नेपाली र भारु गरेर डेढ करोडभन्दा बढी रुपैयाँ बरामद गरेको हो ।

विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार १ करोड ६ लाख नेपाली र ४८ हजार ७०० भारतीय रुपैयाँ बरामद भएको छ ।

विभिन्न आकारका लकर ५ थान, १० थान मोबाइल, ल्यापटप र कम्प्युटर एकरएक थान बरामद गरिएको प्रवक्ता अधिकारीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »