सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इथियोपियाबाट पेटभरि कोकिन निलेर काठमाडौँ आउँदा ३५ सय डलर कमिसन !

काठमाडौँ । तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा २७ जेठमा काठमाडौँ ओर्लिए । फ्लाई दुबईमार्फत काठमाडौँ आएका उनलाई लागुऔषध नियन्त्रण ब्युरोका प्रहरीले शङ्का गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछ्याए ।

ठमेलस्थित होटलबाट उनलाई पक्राउ गरेर सर्च गर्दा १८ वटा क्याप्सुल फेला परेको थियो । तर, अनुसन्धान अधिकृतहरूले त्यतिमै चित्त बुझाएनन् । उनलाई प्रहरी अस्पतालमा लगेर चेकजाँच गर्दा शरीरमा थप कोकिन फेला परेको अनुसन्धानमा संलग्न डीएसपी प्रेम शाहीले बताए । उनको शरीरबाट प्लास्टिक कोटेड ५९ वटा क्याप्सुल बरामद गरिएको छ । उनले इथियोपियाको अदिस अबाबाबाट क्याप्सुल निलेर काठमाडौँ आएको प्रहरीलाई बताएका छन् ।

पेटभरि कोकिन निलेर काठमाडौँ ल्याएबापत उनले लागुऔषध कारोबारीसँग ३५ सय डलर कमिसन लिँदै थिए । तर, उनी कमिसन लिन नपाउँदै प्रहरी हिरासतमा पुगेका छन् । उनको साथबाट प्रहरीले १ केजी २०६ ग्राम कोकिन बरामद गरेको छ ।

ब्युरोले ४ किलो ५०४ ग्राम कोकिनसहित ४ जना विदेशीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डोनाल्ड, बोलिभिया घर भएकी ३३ वर्षीय लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतीय नागरिक २७ वर्षीय लालरु उत्सङ्गी छन् ।

क्ष्मजबचतजब दबलप
भारतीय नागरिक लालरु भेनेजुयला घर भएका साइमनले ल्याएको कोकिन रिसिभ गर्न काठमाडौँ आउँदा पक्राउ परेकी हुन् । साइमनबाट कोकिन लिने क्रममा उनलाई पक्राउ गरिएको ब्युरोले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । लालरुले आफू दोस्रो पटका कोकिन रिसिभ गर्न भारतबाट काठमाडौँ आएको स्वीकारे गरेकी छन् ।

बोलिभिया घर भएकी ३३ वर्षीय लाउरा क्रुज टिकोना चाहिँ महिलाले प्रयोग गर्ने फेन्सि कपडा धेरै ल्याएका कारण प्रहरीको निशानामा परेकी हुन् । १२१ थान फेन्सी कपडाको टाँकमा लुकाएर ल्याएको २ केजी १ सय ग्राम कोकिन प्रहरीले बरामद गरेको छ ।

भारतीय लालरु बाहेक अरु पहिलोपटक नेपाल आएका हुन् । उनीहरूको साथबाट प्रहरीले १५ करोड ७६ लाखको कोकिन बरामद गरेको छ । उनीहरुले इथियोपिया, बोलिभिया र ब्राजिलबाट काठमाडौँ ल्याएबापत प्रतिव्यक्ति ३५ सय डलर पाउने शर्तमा ल्याएका हुन् ।

ब्राजिलको साओ पाउलोबाट आएका सिमोन एन्टोनियो अल्फोन्जो राडाले पनि निलेर ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सिमोनले शरीरबाट निकालिसकेको अवस्थामा १ किलो १९८ ग्राम बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »