सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ समाज यूएई द्वारा “शिक्षाको लागि समाज, सांगीतिक कार्यक्रम—२ ” आयोजना

काठमाडौं । यूएईमा बसोबास गर्दै आएका तामाङ जातिहरुको यूएई कै ठुलो र प्रख्यात सामाजिक सस्था “तामाङ समाज यूएई” द्वारा बिगतमा झैं यसपाली पनि “शिक्षाको लागि समाज, सांगीतिक कार्यक्रम—२ ” यहिँ आउने जुलाई (ठ(व्गथि) का दिन ऋीग्द्य क्प्(ठ द्यबच मगदबष्, मा आयोजना गर्ने भएको छ ।
नेपालमा धेरै बिकट क्षेत्र, जिल्लाहरुमा अबस्थित विद्यालयहरुको शैक्षिक तथा भौतिक स्तरलाई उकास्न केहि राहत पुराउने, साथै ं१२ कक्षा पढ्दै गरेका केहि गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शिक्षामा मद्दत पुराउने हेतुले छात्रवृद्धि प्रदान गर्ने उद्देश्य लिएर उक्त सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जानकारी गराएको छ ।
यस कार्यक्रमको संयोजक तथा तामाङ समाज यूएईका सचिब श्री सबिन मोक्तान द्वारा उक्त कार्यक्रमको अन्तरिक ब्यबस्थापन पुरा भएको जानकारी गराउनु भएको छ ।
“शिक्षाको लागि समाज,सांगीतिक कार्यक्रम — २” सिजन को लागि नेपालकै प्रसिद्द गायिका तथा कलाकार सुबानी मोक्तानलाई अतिथि कलाकारको रुपमा आमन्त्रण गरिएको आयोजक पक्षले जानकारी गराएको छ ।
उक्त सांगीतिक कार्यक्रममा सुबानी मोक्तानको बेजोड प्रस्तुति रहनुको साथै चर्चित स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहनेछ ।
यूएई मा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस सांगीतिक कार्यक्रममा उपस्थित भएर सामाजिक क्षेत्रमा हुने सम्पूर्ण कार्यक्रमहरुलाई सफल पार्न मद्दत गर्नुहुन आयोजक संस्था “तामाङ समाज यूएई” ले अनुरोध गरेकोछ ।

भर्खरै

सम्बन्धित खबर

Language »