सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चट्याङ लागेर कपिलवस्तुमा २ जनाको मृत्यु

काठमाडौं । चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको यशोधरा गाउँपालिका-८ भैसहियाका २२ बर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका-१० धनकौलीका अन्दाजी १८ बर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो ।

बुधबार बिहान दुवै जनालाई खेतमा जाने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

मृतकको शव कपिलवस्तु अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइने उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »