सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्याङ्जामा खोलाले बगाउँदा १ जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ ।

बुधबार दिउँसो साढे ११ बजे स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ पुतलीखेतमा आँधीखोलाले बगाउँदा स्थानीय ३५ वर्षका सूर्य भण्डारीको मृत्यु भएको हो ।

उनलाई खोलाले बगाएको थाहा पाउनासाथ प्रहरी खोजतलास गर्न पुगेको थियो ।

तर पौने ३ बजे ८/९ सय मिटर तल आँधीखोलामै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »