सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जोखिमको सामना गर्न महिला मानव अधिकार रक्षकलाई परामर्श सम्बन्धि ४ दिने तालीम सम्पन्न


नेपालगन्ज, आत्मबिश्वास बढाई डरत्रासको माहौलबाट निकाली न्यायको सवाल उठानमा आउने चुनौती र जोखिमको सामना गर्न ग्रामीण तथा शहरी महिला मानव अधिकार रक्षकलाई परामर्श सम्बन्धि ४ दिने तालीम सम्पन्न छ ।


सामाजिक न्यायका लागि सवाल उठाई निरन्तर सरोकारवाला निकाय संग न्यायको गुहार लगाउँदै आई रहेकी ग्रामीण तथा शहरी महिला मानव अधिकार रक्षकहरुलाई आउने धम्की, डर, त्रासलाई चिरदै न्यायका लागि खट्न सदैव तत्पर रहन नेपाल मुस्लिम समाज बिकास चेतना केन्द्र, बाँकेले आयोजना गरेको कार्यक्रममा बिभिन्न टूल्सको माध्यमबाट तालीम प्रदान गरिएको छ ।


अन्यायमा परेका पीडितहरुको सवाललाई उठान गरी महिला अधिकार मञ्चका रक्षकहरु पैदल यात्राका साथ साथै आमरण अनसन गरी पीडितहरुलाई न्याय दिलाउनका लागि अग्रसर रहेको हुँदा उनीहरुलाई बिभिन्न तह तपकाबाट बिभिन्न किसिमका धम्की दिई श्रृजना भएको डर त्रासको माहोललाई चिर्नका लागी तालीम परामर्श तालिम गरिएको समाजकी अध्यक्ष रुबी खानले जानकारी दिएकी हुन ।


उक्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष रुबी खानले गर्नु भएको थियो भने स्वागत महिला अधिकार मञ्चकी अध्यक्ष मन कुमारी गुरतालले गर्नु भएको हो ।

३० जना महिला मानव अधिकार रक्षक सहभागी रहेको कार्यक्रममा सहभागीहरुको तर्फबाट गिता चमारले अब धम्कीले हाम्रो केही गर्न सक्दैन, धम्की दिने माथि कानूनी उपचार बाहेक कुनै बिकल्प नरहेको भनी आफ्नो धारणो राख्नु भएको थियो भने प्रशिक्षक मो.शेर बागवानले सबै सहभागीहरुलाई शुभकामना ब्यक्त गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »