सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

काठमाडौं । बाँकेमा नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर नगरपालिका-७ बस्ने २९ वर्षीय निम बहादुर बोहरा र नेपालगंज उपमहानगरपालिका-३ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-७ घर भएका ३० वर्षीय राहुल देवल रहेका छन् । 

बेलासपुरस्थित नविल रेफ्रिजिरेटर एण्ड एयर कन्डिशन वर्कशप नामको टिभी फ्रिज मर्मत गर्ने पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पसलबाट नगद २४ लाख ६२ हजार ३ सय १५ रूपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »