सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरीकै अगाडि सर्भेको गाडीमा आगजनी

काठमाडौं । बुधबार दिउँसो सिमलताल पहिरो घटनाको बारेमा गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको समिति जिल्ला प्रशासन कार्यालय चितवनमा छलफलमा थियो । त्यहीबेला प्रशासन कार्यालयबाट करिब २ किलोमिटर टाढा भरतपुर ७ का केही स्थानीयले एक सवारी साधन नियन्त्रणमा लिए ।

गगुल म्याप सर्भेका लागि भनेर कृष्णपुरको पिच बाटोमा हिंडिरहेको बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको सुन्तला रंगको गाडीलाई केही स्थानीयले घेरे । गाडीमा थिए, सर्भे गर्ने आरएस इन्जिनियरिङ काठमाडौंमा काम गर्ने बारा जितपुरसिमरा उपमहानगरपालिकाका २१ वर्षीय नेभिगेटर अजित बस्नेत र धादिङको गल्छी गाउँपालिका ८ का ३५ वर्षीय चालक दिलिप तामाङ ।

गाडीको छतमा सर्भे सम्बन्धी उपकरण राखिएका थिए । गाडी घेरेर बसेका स्थानीयले अरूलाई फोन गरेर बोलाए । सर्भेका लागि आएका कर्मचारीलाई केरकार गरे । कागजात देखाउन भने । कसको आदेशले आएको भन्दै थर्काए ।

नेभिगेटर बस्नेतले गुगल म्याप अपडेट सर्भेका लागि आएको दाबी गरे । तर स्थानीयले रेलमार्ग हिंड्ने भनिएको क्षेत्रमै सर्भे गर्ने काम किन गरेको भनेर प्रश्न गरे ।

बजार या अन्य क्षेत्रमा नगरेर रेलमार्गको नक्सांकन भएको ठाउँमा नै सर्भे गरिएको भन्दै स्थानीय थप आक्रोशित बने । यसभन्दा अगाडि पनि थाहै नपाई सर्भे गरेको आरोप स्थानीयले लगाउँदै आएका छन् । यसकारण उनीहरू थप आक्रोशित बने ।

कोही महिला गाडीमाथि चढे । केहीले रेलमार्गविरुद्ध नाराबाजी गरे । बिस्तारै स्थानीयको संख्या बढ्दै गयो । प्रहरी पनि आइपुग्यो ।

प्रहरी आएपछि स्थानीयको मनपरी झन् बढ्यो । कोही गाडीमा आगो लगाउनुपर्छ भन्दै भीडलाई उक्साउन थाले । यत्तिकैमा गाडीमा आगो लाग्यो । यो सबै प्रहरीले चुपचाप हेरिरह्यो ।

आगो लगाउनुअघि करिब डेढ घण्टा सर्भेको गाडी स्थानीयको नियन्त्रणमा थियो । तर पनि प्रहरीले गाडी छुटाउने प्रयाससमेत गरेन ।

भर्खरै

सम्बन्धित खबर

Language »