सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

घुरेर हेरेको भन्दै श्रीमतीको हत्या, पुलिससामु आत्मसमर्पण

काठमाडौं । छिमेकी मुलुक भारतमा आफ्नै पत्नीको हत्या गर्ने एक ३८ वर्षीय पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

उत्तर प्रदेशको जहाँगिरवादका सचिन वाल्मीकिले आफ्नी पत्नी मन्जु देवीको हत्या गरेको भन्दै सोमबार प्रहरीमा आत्मसमर्पण गरे ।

नगर निगममा करार सेवामा सफाइ कर्मचारीको रुपमा कार्यरत रहेको उक्त दम्पत्तिको बीचमा गत हप्ता विवाद चर्किएको थियो ।

आफू कामबाट घर फर्किएसँगै पत्नी मन्जुदेवीले विनाकारण आफूलाई घुरेर हेरेको र सोही कुरामा विवाद उत्पन्न हुँदा आफूले पत्नीको हत्या गरेको सचिनले प्रहरी समक्ष बताएका छन् ।

आफ्नी पत्नीको विवाहेत्तर सम्बन्ध रहेको शंकासमेत आफूलाई रहेको उनको भनाइ छ । उक्त दम्पत्तिका तीन सन्तान छन् ।

प्रहरीले उनीविरुद्ध अभियोग दायर गरेको छ र हिरासतमा पठाएको छ । घटनाको अनुसन्धान चलिरहेको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »