सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक, मंगलबार मात्रै बैंकहरूले राखे साढे तीन खर्ब 

काठमाडौं । राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ खिच्ने भएको छ।

राष्ट्र बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत् २१ दिनको लागि ४० अर्ब रूपैयाँ प्रणालीबाट खिच्न लागेको हो। 

यसअघि गत साउन २ गते पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निक्षेप उपकरण मार्फत् ३४ अर्ब २५ करोड रूपैयाँ खिचेको थियो।

५० अर्ब निक्षेप राख्ने प्रस्ताव गर्दा १७ बैंक तथा वित्तीय संस्थाले ३४ अर्ब २५ अर्ब रूपैयाँ राख्न बोलकबोल प्रक्रियामा भाग लिएका थिए। सो समय बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजदर माग गरेका थिए। 

राष्ट्र बैंकले मंगलबार मात्रै स्थायी निक्षेप सुविधाअन्तर्गत प्रणालीबाट चार दिनको लागि तीन खर्ब ५१ अर्ब रूपैयाँ उठाएको छ।

यसमा बैंकहरूले ३ प्रतिशत ब्याजदर पाउँछन्। स्थायी निक्षेप सुविधाअन्तर्गत चालु आर्थिक वर्ष २०८१–८२ को यो आठ दिनमा मात्रै राष्ट्र बैंकले पटक पटक गरेर १४ खर्ब ५६ अर्ब रूपैयाँ उठाएको छ। 

यसमध्ये तीन खर्ब ५१ अर्ब रूपैयाँ मात्रै बैंकहरूमा फिर्ता हुन बाँकी रकम हो।

भर्खरै

सम्बन्धित खबर

Language »