सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो?

काठमाडौं। सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि एक तोला सुनको मूल्य एक लाख ५० हजार तोकेको छ।गत शुक्रबार एक लाख ४९ हजार ९०० रूपैयाँ पुगेको थियो। आइतबार दुई सय रूपैयाँ घटेर एक लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

सोमबार भने तोलामा ३०० रूपैयाँले बढेर एक लाख ५० हजार रूपैयाँ पुगेको छ। यसअघि कहिलै एक लाख ५० हजार रूपैयाँ बराबर पुगेको थिएन। सोमबार चाँदीको मूल्य  प्रतितोला एक हजार ७८५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

सुनको मूल्य अझै बढ्ने अनुमान विश्व बजारमा भने भइरहेको छ। कतिपयले यही सन् २०२४ अन्त्य अर्थात् आगामी पुससम्ममा सुन प्रतिऔंस तीन हजार डलरसम्म पुग्ने अनुमान पनि गरिरहेका छन्। यस्तो भएमा नेपालमा सुन तोलाको एक लाख ८१ हजार रूपैयाँसम्म पनि पुग्न सक्छ।

सुनको तौल प्रतिऔंस बराबर ३१.१ ग्राम हुन्छ। सुन बाहेक अन्य वस्तुमा भने प्रतिऔंस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ। त्यस्तै, प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ। अहिले डलरको विनिमयदर एक सय ३३ रूपैयाँ छ। 

यसरी एक तोला सुनको एक हजार एक सय २५ डलरसम्म पर्न सक्छ। यो भनेको एक लाख ४९ हजार ६ सय ४४ रूपैयाँ हुन आउँछ।

सरकारले लिने २० प्रतिशत भन्सार शुल्क, बैंक र व्यवसायीले लिने एक प्रतिशत थप शुल्कसहित प्रतितोला सुनको मूल्य एक लाख ८१ हजारसम्म पुग्न सक्छ।

तर, सबैले यस्तै प्रक्षेपण भने गरेका छैनन्। जेपी मोर्गन रिसर्चले सन् २०२४ को अन्त्यसम्ममा सुन प्रतिऔंस २५ सय डलर पुग्ने अनुमान गरेको छ। 

यसो भएमा भने प्रतितोला सुनको मूल्य एक लाख ५१ हजार हाराहारी मै रहन सक्छ।

भर्खरै

सम्बन्धित खबर

Language »