सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा यौनधन्दा नियन्त्रण गर्न प्रहरी कार्यालय बाँकेले थाल्यो कडा कदम

नेपालगन्ज, नेपालगन्जको होटलहरुमा व्यापक रुपमा लुकिछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले यसको नियन्त्रण गर्न कडा कदम थालेको छ ।

नेपालगन्जका स्थानीय होटलमा व्यावसायिकरुपमा यौन क्रियाकलाप हुन थालेपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जले प्रहरी परिचालन गरेर पक्राउ गर्न थालेको जनाएको छ ।

आइतबार राती करिब साढे आठ बजेतिर नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित रिवरसाइड होटलबाट प्रहरीले होटल संचालक टोपबहादुर बुढासहित यौनधन्दामा संलग्नलाई रंगेशात पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।

पक्राउपर्नेमा होटल संचालक बुढासहित चार जना यौनकर्मी महिला र चार जना पुरुष रहेको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरीबहादुर बिसीले जानकारी दिए ।अन्य होटलमा पनि यस्ता कार्य हुनथालेकाले बिहान, बेलुकी र राति प्रहरीले निगरानी गर्न थालेको प्रहरी प्रमुख बिसीले बताए । नेपालगन्जमा यस्ता गतिविधि बढ्न थालेपछि प्रहरीले कडाईका साथ नियन्त्रण अभियान चलाएको उनले बताए ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको निर्देशनमा वडा प्रहरी कार्यालयले नेपालगन्जका विभिन्न होटलमा छड्के जाँच गर्दै आएको छ । यसअघि पनि होटलमा छड्के जाँच गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »