सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच शनिबार भेटवार्ता भएको छ । दुई नेताबिच समसामयिक विषयमा छलफल भएको हो ।

भेटमा सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भेटबारे जानकारी दिँदै लेखेका छन्, ‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए।’

भर्खरै

सम्बन्धित खबर

Language »