सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भद्रकालीमा सहकारी पीडित र प्रहरीबीच धकेलाधकेल

काठमाडौं। काठमाडौंको भद्रकालीमा सहकारी पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ। 

आइतबार दिउँसो सहकारी पीडितहरू काठमाडौंको सिंहदरबारतर्फ जान खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको हो। 

एक सयभन्दा बढी दिनदेखि रिले अनसनमा रहेका सहकारी पीडितहरूले आइतबार सर्वपक्षीय एक्यबद्धतापूर्ण बृहत जनआन्दोलनको आयोजना गरेका हुन‍्।

यस क्रममा सिंहदरबार जाने क्रममा प्रर्दशनकारी र प्रहरीबीच धकेलाधकेल भएको हो।

यससँगै सिंहदरबार अगाडि पुग्ने भनेका आन्दोलनकारी तितरबितर भएका छन्।

पीडितहरू गत जेठ ११ गतेदेखि रिले अनसनमा छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले समर्थन गर्दै यसअघिदेखि आन्दोलनमा सहभागिता जनाउँदै आएका छन्।

महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ।

भर्खरै

सम्बन्धित खबर

Language »