नेपालगन्ज , बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा अज्ञात रोगबाट थप एकजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका-६ गंगापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको उपचारका क्रममा मृत्यु भएको हो।
पासीलाई १८ गते राती बान्ता भएपछि स्थानीय मेडिकलमा चेकजाँच गरिएको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा थप उपचारका लागि लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । केही दिनअघि नरैनापुर-३ गेग्ली गाउँमा ४ जनाको मृत्यु भएको थियो ।