सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

नेपालगन्ज, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गर्नुभएको छ ।

बाँके क्षेत्र नं ३ प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको थियो । मन्त्रीमा नियुक्त भएदेखि नै उहाँको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रशस्त गर्न उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको हो । रासस

भर्खरै

सम्बन्धित खबर

Language »