सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आकाशका जूनतारा हाम्रो प्रेमका जन्ती हुन्

बाबुराम श्रेष्ठ , धादिङ

प्राण भन्दा मेरी प्यारी माया …. प्रदेशी मायाको अभिवादन !

प्रदेशको त्यो ठाउँ, अनि त्यो परिवेश अनि मायाका सम्झानाहरु र तिम्रो याद मै दिन बिताई रहेको छु । तिमी बिनाको यो साँझको स्तब्ध समय । समयले तिमिलाई नै कुरिरहेको छ । खै शुरूवात नि कहाँबाट गरौँ ! लेख्ने केही शब्दहरु नै छैन । जब केही शब्दहरु लेख्न खोज्छु अनि मन भक्कानिएर आउँछ । माया यतिखेर म अनवरत आकाशसँग रमाई रहेको छु । आकाशबाट पानी पर्दा म रोक्न खोज्छु , घाम लाग्दा म पानी बर्षाउन खोज्छु, तर सक्दिन माया । जब रात पर्दै जाँदा गगनमा अनगिन्ती तारा चम्किन थाल्छन् । तिमी लुकेर मलाई खोज्दै आउँदा जसरी आकाश नियालिरहेको देख्थ्यौ नि, ठिक त्यस्तै ।

जब तिम्रो र मेरो मायाका यात्रा शुरु भयो त्यो दिन देखि नै खुसीको सिमा नै रहेन । छोटो समयमा नै हामी कति नजिक भयौ । हामी एकअर्का बिना बाच्नै नसक्ने भयौ । जब हाम्रो माया बस्यो तब मेरा मनले धेरै कुरा सोच्न थाल्यो । माया, हो साच्चै यसरी नै दिनहरु बित्दै गयो । माया पनि झन गाढा हुँदै गयो । एक दिनको कुरा हो । उ घर जान लागेको थियो । म घरमा बसि रहेको थिए । अचानक मेरो मोबाइलमा घण्टी बज्यो । मोबाइल हेरे l कल थियो मायाको नै । कल उठाएको मात्र के थिए । एक्कासी रुन थालिन । काले म तपाईलाई माया गर्छु , म घर जान लागेको भन्दै रुन थालिन । मैले भने माया गर्छु भन्नलाई नि रुनु पर्छ किन रोएको ।नरोउ भनेर सम्झाए तर उ मानिन रुदै घर गाईन । मैले पनि घर नपुग्दा सम्म कल मै बोली रहे । उ घर पुग्न करिब २/३ घण्टाको पैदल बाटो हिड्नु पर्ने थियो । जब घर पुगेसी मात्र कल काटे । रातभरि निदाउन सकिन । उसकै याद मात्र आयो । भोलि पल्ट उसलाई कुरेर बसे । भेट भयो एकछिन उ नबोली बसिन । मैले बोलाए किन ढिलो आएको , आउँदा आउँदै यस्तै भयो भनिन् । हाम्रो यात्रा अगाडी बढ्यो । मायाका कुरासँग गन्तव्यमा पुगियो ।

भनिन्छ नि लुकीछिपी गरिएको प्रेममा कति धेरै आनन्द ! कहिले म चाल मारेर तिमीलाई भेट्न आउने । कहिले तिमी चाल मारेर मलाई । बिडम्बना यति मात्र हो कि जहाँ भेट्न गयो त्यही तिमी रुदा , मलाई पनि रुन मन लाग्थ्यो तर मैले मन समालेर बस्ने गर्थे । किन कि तिमी संगै म पनि रोए भने के हुन्छ । मन नमानी नमानी तिमिलाई अंगालोमा बेरेर मन बुझाउन बहेक केही सक्दिनथे । लुकिछुपी लगाएको र चोरीचोरी प्रेम गर्नुको रमाइलो सम्झिएर एक्लै हाँस्थे । तिमीलाई वरिपरि खोज्छु अनि एक्लै बरबराउन अभ्यस्त हुन्थे । जसलाई म आफुभन्दा ज्यादा माया गर्थे । यसरी नै दिनहरु बित्दै गयो । तिम्रो अमूर्त स्वरूपको परिकल्पनामा म विलिन भएँ । आँखाले भ्याएसम्म ताराहरू गन्ने प्रयास गरेँ ।

तिमीले मलाई जूनसँग तुलना गरेको झलझली देखेर पुलकित भएँ र माथितिरै हेर्दै निकैबेरसम्म कुरा गरिरहेँ । हेर्दाहेर्दै जून बिलायो । एकछिन देखिन्छ कि भनेर कुरेँ, नदेखिएपछि यो पत्र लेख्न थालेँ । आहा ! तिमीलाई सोच्दै लेख्नुको आनन्द । मानौं, तिमी चुपचाप मेरो कुरा सुनिरहेका छौ, म त्यसैगरी अक्षर र भावनामा आफूलाई घोलेर बोलिरहेको छु । तिमी मेरो निकटतम भएर घुम्दै कानमा फुसफुसाइरहेझैं लाग्छ । आहा ! प्रेमको मधुरीमा नै यही हो सायद देह टाढा भए पनि आत्माले भलाकुसारी गर्दै स्नेहको साटफेर गरिरहनु । असल साथीमाथि कुशल प्रभुत्व जमाइरहनु । प्रेमका अनेकन कोणको प्रादुर्भाव गरिरहनु । मेरो प्रेम परागसेचन ! तिमी मेरो फूलदानी हौ । म जतनसाथ तिमीलाई फुलाउँछु । अनि ओइलाउन नदिन प्रेम खन्याइरहन्छु । मानौं तिमी दियो र म बत्ती ! बाल्नका लागि प्रेमकै तेल हालिरहनुपर्छ । हरेक दिनपछि आउने यो साँझ र गाढिँदै जाने अँध्यारो । जति रात बढ्दै जान्छ, त्यति तिमी उज्यालिन्छौ ।

रुमानी सोचले सम्मोहनको पराकाष्ठा पार गर्छ । श्वासप्रश्वासको उठबस, ढुकढुकीको धकधक, तिम्रो सानिध्यको कल्पना, मेरो अनन्य निनाद । यो चौबीस घन्टाको समय तिमीलाई याद गर्नका लागि एक पलजस्तो मात्र लाग्छ । यी सपनाजस्ता लाग्ने दिनहरू यसैगरी बित्दैबित्दै गइरहन्छन् । आँखा बन्द गरेपछि भित्री दृष्टि खुल्छन् । मेरो मनमा जमेको प्रगाढ मायालुपनले मलाई प्रभावित बनाउँछ । मेरो हृदय क्यानभास हो त्यसभित्र तिम्रो जीवन्त आकृति सजिएको छ । जसलाई नियाल्दानियाल्दै यथार्थको धरातलबाट चिप्लिन्छु । म पुनश्चः हाम्रो जूनतारा वार्ता सम्झिन्छु । प्रेममा परेका मानिसले गर्ने नै यस्तै चलखेल हुन्,’ मैले सर्माउँदै तिमीसँग आँखा मिलाएर जवाफ दिएँ । तिमीले पनि प्रेमाशक्त भएर हेर्‍यौ । हामी लामो समयसम्म मौन भएर ती तारामा हरायौं । तिमी गम्भीरतापूर्वक मेरो लामो र नरम कपाल सम्याउँदै बोल्यौ, ‘यी आकाशका जूनतारा हाम्रो प्रेमका जन्ती हुन् । हाम्रो विश्वसनीयताको साक्षी ।

यी ताराको रमझम, यी सिताराको चमचम तिम्रै नाममा औंठाछाप गरिदिन्छु । तिमीले मलाई ढकमक्क बनायौ । आफू पनि धपक्क बल्यौ । ए मृगनयनी ! तिमीलाई हेर्न पाउँदा यी आँखा कहिल्यै थाक्दैनन् ।’ त्यो प्रेमाकुल परिस्थितिमा मैले पनि तिम्रो फाहाझैं केशरासी सुमसुम्याए । प्रेमको गुणस्तर वृद्धि गर्ने तत्वमध्ये सुन्दर कपाल पनि मुख्य बुँदामा पर्दो रहेछ । हामी अत्यधिक सद्भाव सहन नसकेर आहत भएथ्यौं । भावुकताको सर्वेसर्वा थियो र अलौकिकताको रगरगी ! तिम्रो बाहुपाशमा म अनि म भित्र तिमी । त्यो हाम्रो नैसर्गिक मिलनको चमत्कारिक मोडमा मस्तिष्क डुल्दा बहकिन थाल्छु । ‘किनभने हामी प्रेममा छौं । तिमी मेरो मार्गचिह्न हौ । प्रेममा परेका मानिसले गर्ने नै यस्तै चलखेल हुन्,’ मैले सर्माउँदै तिमीसँग आँखा मिलाएर जवाफ दिएँ । तिमीले पनि प्रेमाशक्त भएर हेर्‍यौ । तिम्रो वाक्यले म झुम्मिएँ– प्रेमका जन्ती ! कति मिठो शब्द संयोजन ! म सोच्दै छु, हामी फूलको रथ चढेर आकाशगङ्गामा यात्रा गरिरहेका छौं । जूनले ताराहरूको नेतृत्व गरिरहेका छन् । अनि हाम्रो वरिपरि पिलपिल गर्दै लावालस्कर लागेका छन् । यही हो प्रेममा पर्नुको नमुना र निष्कपटता । कल्पनाको स्वैरकाल्पनिक उडान । त्यतिबेलासम्म हाम्रा औंला मृगतृष्णाधारी भएका थिए । अविच्छिन्न रूपमा तिम्रा र मेरा मुलायम कपालका रेसारेसामा डुलिरहेथे । तिमीतिर हेर्दा नजरभरि प्रेमको व्याकरण देखिन्थ्यो । मलाई कण्ठ पार्न मन लाग्थ्यो । मैले बल्ल बुझेथेँ कि प्रेमको भाषा आँखाले बोल्दो रहेछ लेख्दो रहेछ । आँखाले आँखालाई गुरु बनाएर पढ्न सकिने । जब तिमिले बाटो मोड्यो भन्ने कुरा सुने । म पागल भए । म रोए कराए । आखिर कसले सुन्छ म रोएको । सुन्यो तक उ कसको हातबाट सिउदो भरियो भनेर । माया, चोखो मायाको सजाय यतिसम्म दिएर गयौ । बरु मलाई मारेको भए बेश हुने थियो होला तर मायाको सजाय किन यति ठुलो । यदि तिमिलाई मेरो मायामा के नै कमि थियो, भने किन पहिले नै भन्न सकेनौ । तिमिले मेरो माया बुज्यौ ? तिमी अरुको साथमा रमायौ खुसी भयौ होइन ? आज तिमिलाई मायाको यति प्रश्न गर्छु । मायामा न धनी न गरिब । होला मैले तिमिलाई सुनको दरबारमा राख्न सकिन होला तर मनको दरबारमा राखेको थिए नि । बिगतका कुराहरु सम्झेर म फेरि रुन चाहान्न । मायाको पीडा मैले भोगी सकेको छु ।

आखिर के फरक पाए र बिगत, बर्तमान र भबिष्यको । जहाँ गएर लगाएनी माया त आखिर माया नै हो नि होइन र माया । दुख सुखमा साथ दिनु मेरो माया हो या सहयोग त्यो मेरो कुरा हो । तर आज पनि म खुसी छु । जब तिमीले मेरो अतिरञ्जित संवेदनशीलता बुझ्यौ तब आफ्ना सुन्दर दन्तलहर आधा खोलेर मुस्कुरायौ । अहिले यो पत्रमा पनि तिमी त्यसैगरी मुस्कुराएको अनुभव गरेँ । तिम्रो मुस्कान घागडान स्वर्णपदक बन्यो मेरो लागि । कति दामी ! धागोमा पोते सारेझैं आफ्नै ओठमा अन्माइदिऊँ जस्तो । तिम्रो उपस्थितिमा बिताएका अमूल्य मिलनको पल कति यादगार है । प्रेमविभोर भएर छताछुल्ल पोखिएको छ आत्माभित्रको उहापोह । समेटेर प्रेमाकार प्रदान गर्नका लागि तिम्रो प्रतीक्षामा छु म । टाढा हुँदा पो थाहा हुन्छ, एकतर्फी प्रेमले मर्माहत हुनुको पीडा । साथमा सम्झनामा हराउनुको घाइते शान्ति । छिनोको चोट पाएको ढुङ्गा नै मूर्तिमा परिणत हुन्छ र पुजनीय बन्छ । ए कालिगड ! मलाई तिमीले प्रदान गरेको आघातसँग जुध्न मन लागेको छ । तिमीसँगै प्रेमको रणभूमिमा युद्ध गर्ने महत्वाकाङ्क्षा छ ।

स्मृतिले चारतिरबाट घेरा हालेपछि फुत्किनको लागि मेरो कुनै उपाय चल्दैन् । ‘प्रेमले मलाई कल्पनाको गहिराइमा डुबाइदियो । जीवनमा परिवर्तनको रङ्गिन गलैंचा बिछ्याइदियो । आऊ तिमी र म सँगसँगै बुट्टा भरौं । मैले जिन्दगीमा शिलबन्दी गरे तिमीलाई । मैले संवेगानुभूतिमा हदबन्दी गरे तिमीलाई ।’ त्यतिबेला तिमीलाई छन्दात्मक वाणीमा विनम्र आह्वान गरेँ । अनुरागको महासागरमा भावुकताको जहाज चढेर हामी रागैरागको दुनियाँमा सवार भएका थियौं । तिम्रो यादले अश्रुवर्षा हुँदा हृदयको किनारा भिज्छ । कल्पना र यथार्थको धरातल डगमगाउँछ । विपना र सपनाले चाकाचुली खेल्छन् । अनि म तिमीमा समाविष्ट हुदै तरङ्गित भइरहन्छु । मेरो मानसिकता प्रेमको हर्ष विस्मादोन्मुख प्रतिच्छायाँमा लुकामारी खेलिरहेछ । यी कम्पित मुटुलाई ठेगान लगाउन मलाई तिम्रो अनि तिमीलाई मेरो मायाको ताप चाहिएको छ । मेरो वरदान ! तिमी कहिले बुझ्छौ, प्रेम शाश्वत छ, महान् छ भन्ने कुरा ? यत्रो दुरीले त पक्कै यसको शक्ति बुझ्यौ होला ।

प्रेममा एक–अर्काको अनुपस्थितिले स्मृतिलाई अझ प्रगाढ बनाउँछ र माया आफ्नो लक्ष्यमा पुग्छ । मेरो महामहिम ! तिमी जीवनकै सर्वश्रेष्ठ अनुभव हौ । दिउँसो, राति, भोक, तिर्खा, निद्रा मलाई छुट्याउन गाह्रो परेको छ । केवल तिम्रो ख्याल छ । शब्दको अर्थ कसरी खुल्छ भन्ने कुरा म बल्ल बुझ्दै छु । तिमी भन्नुको अर्थ त म रहेछु । तिमी भन्नुको अर्थ तीर्थ रहेछ । मेरो शिरको अर्थ तिम्रै सामु झुक्नका लागि रहेछ । म यो धरतीमा आउनुको कारण तिमी रहेछौ । अनि हामी बहेका थियौं निरन्तर… निरन्तर…! कति धारिलो प्रवाह थियो त्यो । मेरो अकबरी सुन ! ‘प्रेमभित्र काव्य हुन्छ, दर्शन हुन्छ, सङ्गीत हुन्छ । प्रत्येक बाजागाजामा बजिरहेको वेदनाको कैरन हुन्छ ।’ यसै भन्थे मान्छेहरू । अहिले अनुभव भइरहेको छ । म प्रेम सुन्छु, प्रेम हेर्छु, प्रेममा सुत्छु र प्रेम पिउँछु ।

क्रमशः

उहीँ तिम्रो घाइते माया…….

भर्खरै

सम्बन्धित खबर

Language »