सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिभिन्न महत्वपुर्ण निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति नुवाकोटको सातौ पुर्ण बैठक सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति नुवाकोटको सातौ पुर्ण बैठक जिल्ला सेक्रेटरी आरपी सी को अध्यक्षतामा र पार्टी प्रबक्ता प्रकाण्ड सी को प्रमुख अतिथ्यमा केन्द्रिय सदस्य तथा समाजबादी टेडयुनियन महासंघ नेपालका सह फ्याक्सन इन्चार्ज जीवन्त सी , केन्द्रिय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सगर सी, केन्द्रिय प्रतिनिधि सदस्य तथा बागमती प्रदेश कार्यालय सदस्य दिवाकर सी,केन्द्रीय प्रतिनिधि सदस्य तथा धादिङ जिल्ला इन्चार्जज्योति सी, केन्द्रिय प्रतिनिधि सदस्य तथा नुवाकोट जिल्ला क्षेत्र नं.१ इन्चार्ज सृजन सी, केन्द्रिय प्रतिनिधि सदस्य तथा क्षेत्र नं.२ का इन्चार्ज संगम सी,केन्द्रिय प्रतिनिधि सदस्य शकार सी को आतिथ्यतामा दुई दिन सम्म चलेको बैठकले जिम्मेवारी बाड्फट सहित महत्त्वपुर्ण दूरगामी निर्णय गर्दै पत्रकार भेटघाट तथा छलफल कार्यक्रम पनि सम्पन गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै पार्टी प्रबक्ता प्रकाण्ड सी ले जनयुद्ध लाई अपराधी कारण गर्न खोज्ने तत्व पागलभएको र बेलैमा उपचार गर्नुपर्ने बताए साथै अमेरिकी साम्राज्यवादले नाङ्गो रूपमा हस्तक्षेप गरेको र राष्ट्र संकट ग्रस्त अवस्थामा रहेको र जनताको दैनिकी जनजीवन झन्झन् संकट ग्रस्त अवस्था रहेको हुँदा जनजिबिका को पक्षमा र राष्ट्रिय स्वाधीनताको पक्षमा लग्न अम नेपाली जनता लाई अपिल समेत गरेका छन् ।
उनले नेपालमा राष्ट्रिय अन्तर्राष्ट्रिय दलाल हरुलाइ जनताले बेलैमा चिनेर जनकार्वाही गर्नुपर्ने पनि बताएका छन् । जिल्लाका जिम्मेवार नेताहरुलाइ आ—आफ्नो कार्य फिल्डमा गएर जनता संग एकगर भएर पार्टीको काममा लाग्न निर्देशन समेत दिएका छन् ।
यसैबिच सुर्यगाढि गा.पा. अध्यक्ष मंगल तामाङ राप्रपा बाट बिद्रोह गरि नेकपामा प्रवेश गरेकोमा उनलाई लाई पार्टी प्रबक्ता प्रकाण्ड सी ले स्वागत गरेका थिए ।
त्यसै गरि माल्टी एग्रोफमले उत्पादन गरेको ९ हजार मेवाको बोटको अवलोकन गर्दै पार्टी प्रबक्ता प्रकाण्ड सी ले नेकपाले सोचे अनुसारको एकीकृत कृषि परियोजना अवलम्बन गरेकोले पार्टी जिल्ला सदस्य कमानसिंह तामाङ सी लगायत लाई धन्यवाद दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »