सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोस्रो बिएमजे प्रिमियर लिग (समर सिजन )समापन

काठमाडौं । स्वस्थ्य जिवनको लागि खेल,राष्ट्रको लागि खेल भन्ने मान्यताको साथ आजभोलि मनोरन्जनको लागि पनि खेल बन्दै गईरहेको छ ।
बुढानीलकण्ठ ७ कपनमा रहेको बिएमजे रिलोडेड फ्रेण्डस् एण्ड फिटनेसको आफ्नो नियमित कार्यक्रमको निरन्तरन्तरता स्वरुप शुरु भएको दोस्रो बिएमजे प्रिमियर लिग (समर सिजन )समापन भएको छ
भाद्र ३० गते आईतबार कपन स्पोर्टस् को फुटसल मैदानमा भएको प्रतियोगितामा पहिलो खेल टिम भद्रकाली र टिम दक्षिणकाली बिच भएको थियो दोस्रो खेल टिम मनकामना र टिम पाथिभारा बिच भएको थियो ।
टिम भद्रकाली र टिम दक्षिणकाली बिच भएको खेलमा टिम दक्षिणकालीले ५६ अंक बटुल्दै आफ्नो जित हातपारेको थियो भने टिम मनकामना र टिम पाथिभारा बिच भएको खेलमा टिम मनकामनाले ५६ अंक हासिल गर्दै जित हासिल गरेको थियो ।
खेल अवधिभर धेरै गोल गरेको आधारमा प्रमेश थापाको कप्तानीमा रहेको टिम मनकामनाले टिम दक्षिणकाली लाई उछिन्दै दोस्रो बिएमजे प्रिमियर लिग (समर सिजन )२०८१ को विजेता बन्न सफल भएको छ ।
यो खेलमा हाई स्कोरर शन्तोष श्रेष्ठ ,बेष्ट गोल किप्पर राम ब्लोन लामा, बेष्ट प्ले मेकर दिपेश चन्द ठकुरी,उदयीमान खेलाडी सुशिल सुनुवार,बेष्ट डिफेन्डर कृष्ण बराल,बेष्ट प्लेयर अफ द लिग करण थापा मगर,प्लेयर अफ द मन्थ बासुदेव न्यौपाने बनेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »