काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
लमही नगरपालिका-६ बेलदमार नजिक बिहीबार बिहान ६ बजे घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका घोराही उपमहानगरपालिका – १८ नवलपुरका २२ वर्षीय मोटरसाइकल चालक श्रवणकुमार पुन र पछाडि सवार घोराही – ४ का २१ वर्षीय विनोद केसीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।
प्रहरीले दुवैलाई अचेत अवस्थामा उद्दार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो।