सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालको संविधान दिवसका अवसरमा साउदीमा ३५० भन्दा बढी विदेशी नागरिकलाई खुलाईयो नेपाली परिकार

साउदी  । साउदी अरवियाको केम्पिनस्की होटलमा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा  नेपाली खानालाई परिचित  गराउने उदेश्यका साथ एक कार्यक्रम आयोजना गरिएको छ ।

नेपालका स्थानीय रैथाने खानाको परिकारलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक आकर्षण गर्ने हेतुले साउदी अरबको केम्पिनस्की होटलमा विश्व चर्चित एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाको नेतृत्वमा नेपाली खानालाई परिचित गराउँदै संविधान दिवस मनाइएको हो।

कार्यक्रममा ३५० भन्दा बढी विदेशी नागरिकलाई नेपाली परिकारहरू जस्तै म:म:, फुरौला, सेलरोटी, थुक्पा, सेकुवा, रायोको साग, खसीको पक्कु र खीरको स्वाद चखाइएको पेस्ट्रि सेफ थापाले जानकारी दिनु भयो ।

नेपाली मौलिक खानालाई विदेशीको रुचिअनुसारको बनाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको पनि थापाले बताए । नेपाली मौलिक खानालाई विदेशीहरुले रुचाएको पनि थापाले बताए ।  

नेपाली सांस्कृतिक विविधता झल्किने मौलिक सांगीतिक कार्यक्रमसहित आयोजित कार्यक्रममा विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »