सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रास्वपाको विरोध पोखरामा प्रदर्शन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले पोखरामा प्रदर्शन गरेका छन्।

पोखराको शहीद चोकमा सोमबार रास्वपा कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गर्न लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।

‘सरकारको षड्यन्त्रविरूद्ध भण्डाफोर गरौं, सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लाकार्डसहित उनीहरूले प्रदर्शन गरेका छन्।

गोर्खा मिडिया प्रालि निजी कम्पनी भएको र त्यसमा बदमासी भए सरकारले नभई सञ्चालकहरूले उजुरी हाल्नुपर्ने तर्क कोण सभामा बोलेका रास्वपा गण्डकीका नेताहरूको भनाइ थियो।

रास्वपा सभापति लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए। विभिन्न सहकारीबाट ६५ करोड रुपैयाँ बचत गोर्खा मिडियामा आएको ठहर गर्दै संसदीय छानबिन विशेष समितिले लामिछानेलाई पनि कारबाही सिफारिस गरेको थियो।

गोर्खा मिडियाका तत्कालीन सञ्चालकमध्ये एक, पूर्वडिआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगेको थियो। त्यसपछि रास्वपा केन्द्रीय कार्यालय च:मतिमा रास्वपा नेता कार्यकर्ता भेला भएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »