सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गहना पोखरीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं। काठमाडौंको गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ। 

टोखा नगरपालिका-२ टोखाबजार नजिकै गहना पोखरीमा डुबेर बारा घर भई सोही नगरपालिका-८ बस्ने ४ वर्षीया गुँरास सहनीको मृत्यु भएको हो। 

उनको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। 

‘उपचारका लागि दुई बजेतिर ग्रान्डी अस्पताल लगिएको थियो। साढे दुईमा मृत घोषण गरिदिएको हो,’ उनले भने। 

यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

भर्खरै

सम्बन्धित खबर

Language »