सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोरङमा हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं ।मोरङ जिल्ला पथरीशनिश्चरे नगरपालिका-७ मायालु चोक बस्ने ६२ वर्षीय चन्द्र बहादुर तामाङको धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका चन्द्र बहादुरकै ज्वाई कानेपोखरी गाउँपालिका-५ बस्ने २९ वर्षीय रविन राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

चन्द्र बहादुरको गत शनिबार आफ्नै घरमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनापश्चात फरार भएका रविनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्याल धनकुटाको समन्वयमा धनकुटा मुलघाट भन्ने स्थानबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा चन्द्र बहादुर र रविन बिच मादक पदार्थ सेवन पश्चात बादविवाद हुँदा रविनले धारिलो हतियार फलामको दाउ प्रहार गर्दा चन्द्र बहादुरको घटनास्थलमै मृत्यु भएको खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत मोरङबाट ४ दिन म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको छ ।  

भर्खरै

सम्बन्धित खबर

Language »