सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्ना बुवाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौं। आफ्ना बाबुको हत्या आरोपमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ।

उनीमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ। 

छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए।

गम्भीर घाइते उनको उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »