सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

लैंगिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

अस्पतालमा सञ्चालनमा रहेका यिनै केन्द्रको राष्ट्रिय सम्मेलन यही असोज १३ र १४ गते काठमाडौंमा हुन लागेको हो । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा सम्मेलन हुन लागेको मन्त्रालयले जानकारी दिएको छ ।

लैंगिक हिंसा पीडित वा प्रभावित व्यक्तिहरुलाई आवश्यक सबै सेवाहरु जतिसक्दो चाँडो एकद्वार प्रणालीबाट उपलब्ध गराउने यो कार्यक्रमको मुख्य उद्देश्य हो ।

ओसीएमसी कार्यक्रमलायई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मुख्य कार्यान्वयन निकायको रूपमा रहने गरी सयभन्दा बढी अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा छ ।

स्वास्थ्य मन्त्रालयल लैंगिक हिंसा अन्त्य तथा लैंगिक सशक्तीकरण राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ र अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना सञ्चालन निर्देशिका २०७७ जारीसमेत गरेको छ ।

लैंगिक हिंसाबाट विशेषगरी महिला र बालबालिका पीडित र प्रभावित हुने गरेका र यसबाट उनीहरूमा शारीरिक, यौनजन्य, मानसिक तथा मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक असर पर्ने गरेको छ ।

लैंगिक हिंसा पीडित तथा प्रभावित महिला तथा बालबालिकालाई एकीकृत रूपमा निःशुल्क स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, अल्पकालीन आश्रय, कानुनी उपचार, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्र्थापना तथा जीविकोपार्जनमा ओसीएमसीले सहयोग गर्दै आएको छ ।

ओसीएमसीबाट हिंसा पीडितले वा प्रभावितहरूलाई प्रदान गरिने स्वास्थ्य सेवाहरूमा शारीरिक परीक्षण, मनोसामाजिक परापर्श, चिकित्साजन्य कानुनी परीक्षण, एचआईभी परीक्षण तथा परामर्श, गर्भ परीक्षण, घाउ तथा चोटपटकको उपचार, आकस्मिक गर्भ निरोधक सेवा, यौन रोगको उपचार, सुरक्षित गर्भपतन, मानसिक रोगको उपचार मुख्य छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »