सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बोष्टर मिडियाको संयोजनमा बागमती कोरीडोर पिडित संग अन्तरकृया

काठमाडौं । सर्वोच्व अदालतले गरेको फैसला संगै अन्यौल ग्रस्त बनेको काठमाडौं उपत्यकाको खोला , खोल्सा तथा नदि मापदण्डको कारण पिडित बन्नु परेका स्थानिय तथा सरोकारवाला हरुसंग बोष्टर मिडियाको संयोजनमा एक अन्तरकृया सम्पन्न भएको छ ।
सेलिब्रेसन मेडिटेसन सेन्टर बागमती कोरीडोर,शिवचोकमा सम्पन्न अन्तरकृया कार्यक्रममा पिडित संघर्ष समिति स्थानिय सरोकारवाला ,जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सेलिब्रेसन मेडिटेसन सेन्टर का प्रमुख आचार्यश्री महेन्द्र भट्टराईले विश्वका धेरै नदिहरुको संरक्षण र अवस्थाको बारेमा साथै वातावरणिय प्रभाव र त्यसलाई जोगाउन गर्नुपर्ने हाम्रो कार्यभारको बारेमा एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले संचालन गर्नु भएको थियो भने कार्यक्रममा पुर्व मन्त्री रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की,बागमती कोरीडोर पिडित संघर्ष समितिका अध्यक्ष गोपाल बराल,उपाध्यक्ष नानीकाजि चौलागाई,सामाजिक अभियन्ता उत्तम पुडासैनी लगायत कानुन ब्यवसायी,वातावरण विज्ञहरुले आफ्ना धारणाहरु राख्नु भएको थियो ।
सर्वोच्व अदालतको निर्णयले आम नागरिकको नैसर्गिक अधिकार माथि अंकुश मात्र लगाएको छैन नेपालको संबिधान २०७२ को समेत धज्जि उडाएको भन्दै यसलाई कानुनी बिधिबाटै पिडितको पक्षमा निर्णय नगरे राज्यले ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउने पिडितहरुले आक्रोश व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्कीले आफु जहिले पनि पिडितहरुको साथ रहेको भन्दै यस्ता समस्याहरुको दिर्घकालिन समाधानको उपायहरु खोज्नु पर्नेमा जोड दिनु भयो ।
पुर्व मन्त्री रामेश्वर फुयालले यो मुद्धा पुनरावोलकन गर्न सरकार आफैं लागेकोले पिडितको पक्षमा निर्णयहुने बिश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रम सन्चालन गर्दै बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले आक्रोश र आवेसले भन्दापनि समर्थन र सहयोगी भावनाहरुलाई एकजुट बनाएर दवावमुलक कार्यक्रमहरु सन्चालन गरे मात्र समस्याको समाधान हुने विचार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम समापन पश्चात सेलिब्रेसन मेडिटेसन सेन्टरले रात्री भोजको ब्यवस्था समेत गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »