काठमाडौं । शुक्रवार र शनिवार आएको बाढीको कारण माण्डु हाइड्रोपावर कम्पनीको विद्युत उत्पादन बन्द भएको कम्पनीले नेप्सेमा प्रसारित गरेको पत्रमा उल्लेख छ।
आयोजनाको पावर हाउस तथा हेड वक्रसमा रहेको भौतिक संरचनामा समेत क्षति पुगेको कम्पनीले जनाएको छ।
यससम्बन्धी पूर्ण जानकारी आउन बाँकी रहेको छ। यो २२ मेगावाटको जलविद्युत आयोजना हो।