सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानित

काठमाडौं । नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समयदेखि सक्रिय सफल लोकप्रिय गायक तथा सर्जक बिनोद ढकाल सम्मानित भएका छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा नागरिक समाज संस्थाले आफ्नो १८ औं वार्षिकोत्सवको शुभ–अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक जनजीवनका लब्ध प्रतिष्ठित र विशिष्ट महानुभावहरूको उपस्थितिमा समारोहका प्रमुख अतिथि माननीय प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना र अध्यक्ष याम बहादुर जिसिले भव्य समारोहका बीच ढकाललाई सम्मान गर्नु भएको हो।

सम्मानित वरिष्ठ गायक तथा संगीतकार ढकाल विगत दुई दशक भन्दा लामो समयदेखि गीत÷संगीत क्षेत्रमा योगदान पुर्याउदै आउनुका साथै उनका र्दजनौ गीतहरू चर्चित र त्यति नै सन्देशमूलक रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »